Loading

भारतमा अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव हुने

चैत्र २०७३, भारतको नयाँ दिल्लीमा रहेको दक्षिण एसियाली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले नेपाली कविता महोत्सव आयोजना गर्ने भएका छन् । नेपाली साहित्यको प्रवर्धन तथा पहुँच विस्तारका उद्देश्यका साथ वैशाख २९ गते नयाँ दिल्लीमा आयोजना हुन लागेको उक्त महोत्सवमा नेपाली साहित्यका प्रखर हस्तीहरूको जमघट हुने जानकारी आयोजक पक्षले दिएको छ ।

Segments: 

कवि नै हुन् धर्मराज थापा / कमल दीक्षित

Dharmaraj Thapaधर्मराज थापालाई मैले कैलेदेखि चिनें भनेर सोधियो भने म भन्नेछु– ‘अनन्तकालदेखि।’ त्यो मेरो अतिशयोक्ति हुनेछ तर कुरा साँचो हो। यसरी छाउनुभएको थियो उहाँ नेपाली समाजमा, नेपाली जातिमा कुनै बेला, उहाँका गीतका एकएक गेडा प्रत्येक नेपालीले आफ्नै बोली हो भन्ठान्थ्यो। भावनाको कुरा छाडेर वास्तविक कुरा गरूँ भने भन्नुपर्छ, धर्मराजजीलाई मैले पैले कलकत्तामा भेटेको हुँ सन् १९५३ मा।

म 'सम्राट' नभएर 'विद्यार्थी' हुँ : ज्ञानुवाकर / मनोज न्यौपाने

ज्ञानुवाकर पौडेलवि.सं. २००४ सालमा काठमाडौँको गौशालामा जन्मनुभएका ज्ञानुवाकर पौडेलको अन्य विधामार्फत् साहित्यमा प्रवेश ज्ञानेश कान्तिपुरेका नामबाट  वि.सं. २०३० मा भए पनि, गजलमा प्रवेश चाहिँ २०३५ साल असारमा अभिव्यक्तिमा प्रकाशित छ शेरको गजलबाट भएको हो । यस 'मधुपर्क' मासिकमा उहाँको गजल सर्वप्रथम २०३७ सालमा प्रकाशित भएको हो । उहाँका 'खण्डहर नयाँनयाँ' (२०४८) र 'जिन्दगी छैन अचेल जिन्दगीजस्तो'  (२०६८) गरी दुई गजलकृति प्रकाशित छन् । गजलकार पौडेलसँग मनोज न्यौपानेले गर्नुभएको विधावार्ता :

सात सय वर्ष पुरानो पौभा

700 Years Old Pauva Nepali Ard१३ औं शताब्दीमा नेपाली कलाकार अरनिको ८० जना कालिगड सहित तिब्बत गए । तिब्बत पुगेको दोस्रो वर्षमै उनले त्यहाँ सुवर्ण चैत्य निर्माण सकाए, यसपछि युआन वंशका संस्थापक सम्राट कुब्लाई खानको दरबारमा पुगे । कलाकारिताबाट प्रभावित भएर उनलाई तिब्बतकै साक्या गुम्बाका संघनायक पाहसपाले खानको दरबार लगेका थिए । खानले अरनिकोको कला परीक्षणका लागि बिगि्रराखेको ढलोटको एउटा पुरानो मूर्ति मर्मत गर्न लगाए । अरनिकोको कौशलबाट उनी यसरी प्रभावित भए कि भर्खरै बनाउँदै गरेको नयाँ राजधानी तातु (बेइजिङ) मा उनलाई विशाल श्वेत चैत्य बनाउन आदेश दिए । त्यो समय त्यहाँ चैत्य मात्रै बनेन, नेपाली कलाहस्तीले मूर्तिहरू र पौभाहरू पनि बनाए । पछि त्यही थलोमा अरनिको मूर्तिसमेत ठडयाइयो ।

Segments: 

पहिलो गीत रेकर्डिङ हुँदा... / दिनेश अधिकारी

Nepali Poet Dinesh Adhikariक्याम्पस जीवनको रौनक नै बेग्लै। लिजर पिरियडको त कुरै छाडौं। बेन्च बजाउँदै गीत गाउँथ्यौं। २०३७ तिर काठमाडौंको नेपाल ल क्याम्पस पढ्दा ताकाको कुरा हो यो। तिनताका ल क्याम्पसमा विद्यार्थीहरूको निकै भीड लाग्थ्यो। हाम्रो ब्याचमा मात्रै ३ सय ५० जनाभन्दा बढी थिए। चार समूह बनाइएको थियो, हाम्रो समूहमा विरोध खतिवडा, सञ्जीव मिश्र, सुरेन्द्र राना लगायत थियौं। त्यति बेला म रक्षा मन्त्रालय अन्तर्गत सैनिक विमान सेवामा नायव सुब्बा थिएँ।

अहिले नेताको छवि बनाएका विरोध त्यति बेला प्यारोडी खुब गाउँथे खाली समय। जोक्स पनि निकै सुनाउँथे उनी। सुरेन्द्रका केही गीत रेडियो नेपालमा रेकर्ड भइसकेका थिए राम थापाको स्वरमा, लिजर पिरियडमा बेन्च बजाउनु पर्‍यो भने उनको भागमा गीत परिहाल्थ्यो, मचाहिँ कविता सुनाउँथें। गायक/संगीतकार राम थापाको नाम निकै चल्तीमा थियो त्यो समय। हुन त उहाँको नाम सधैं चम्की नै रह्यो। उहाँ ल क्याम्पसको क्यान्टिनमा चिया पिउन बरोबर आइरहनुहुन्थ्यो। हामीसँग पनि 'हाई हेलो' चल्थ्यो।

Pages

Subscribe to Online Sahitya Nepali Literature RSS