५८ फिट लामो चित्र प्रदर्शनीमा

२ अप्रिल, २०११, कास्की/ नेपालकै ठूलो भनिएको क्यानभासमा बनाइएको चित्र बुधबार पोखरामा प्रदर्शन गरिएको छ । कलाकार पल्लव रञ्जनको मिनिम्यालिज्ममा आधारित अपच्र्युनिटिज शीर्षकको ५८ फिट लामो तथा ८ फिट चौडाइ रहेको सो चित्र पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रदर्शनीमा राखिएको हो ।

चित्रसँगै प्रदर्शनीमा अन्य २० वटा साना चित्रसमेत राखिएको थियो । झन्डै एक लाख रुपैयाँको रंग प्रयोग गरिएको सो चित्रमा ४० हजार रुपैयाँ बराबरको क्यानभास प्रयोग गरिएको बताइएको छ । प्रदर्शनीको प्राज्ञ सरुभक्त र कार्टुनिस्ट दुर्गा बरालले उद्घाटन गरेका थिए । यसअघि मुलुकको मेचीदेखि महाकालीसम्म २० स्थानमा प्रदर्शन गरिसकिएको सो चित्र पोखरापछि जोमसोममा प्रदर्शन गरिने भएको छ ।

मुञ्चा डटकमको आयोजनामा हुनेे सो प्रदर्शनीमा राखिएको चित्रले नेपाली जनमानसमा इन्टरनेटको आवश्यकता र त्यसबाट लिन सकिने फाइदाका साथै कलाको माध्यमबाट समकालीन समयको उपलब्धि र देशको परिस्थितिलाई उजागर गरेको मुञ्चका प्रमुख कार्यकारी अधिकृत अमृत तुलाधरले बताए ।
(साभार: नयाँ पत्रिका)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom