Loading

हवाइजहाजको गर्भ / गोविन्दबहादुर मल्ल 'गोठाले'

हवाइजहाजको ढोका बन्द भयो । सँगसँगै इन्द्रभक्तको शरीरका सारा तन्तु सामसुम भए । अब त्यहाँ पालम छैन, एयरर्पोटको गञ्जागोल छैन, बराबर हवाइजहाज उड्दा, ओर्लंदा भइरहने एयरर्पोटको चित्कार पनि छैन । खाली छ त हवाइजहाजको कोठा, जुन संकुचित गर्भ समान छ र त्यो गर्भमा मानिस, जिउँदा मानिसका ताँती चुपचाप बसेका छन् । कति चाँडो भर्खर अघि मात्रको कुरा इन्द्रभक्तलाई अवास्तविक लाग्यो । अघि मात्र उसलाई सी अफ गर्न आउने साथी रामकृष्ण उसको मानसपटलबाट कतै हराएजस्तो लाग्यो । एयरर्पोटमा पासपोर्ट जाँच्ने पुलिस कस्टममा माल जाँच्ने मान्छे सबै विस्मृतितिर लम्कँदै गए । मानौ ती सबै माया हुन्, यथार्थ त खाली यो जहाजको गर्भ र चुपचाप बसेका मानिसका ताँती । उसँगै एउटा धम्मरधुस सेतो मानिस, जो झ्यालसँगै थियो र जो अंग्रेज हुनसक्छ, अमेरिकन हुनसक्छ अथवा अरू कोही हुनसक्छ, इन्द्रभक्तलाई देखेर पनि हेरेर बसेको थियो । मानौ उसको आ"नै दुनियाँ छ र ऊ त्यसैमा तल्लिन छ । इन्द्रभक्तको पनि दुनियाँ छ, जुन उसको आ"नै हो, अरू कसैको होइन । त्यस्तै ती ताँतीमा बसेकाहरूको पनि आ"नै छुट्टाछुट्टै दुनियाँ छ । सबै छुट्टाछुट्टै व्यक्ति हुन् तर हवाइजहाजको गर्भभित्र आ"नो आ"नो लक्ष्य नपुगेसम्म एउटै प्रारब्ध लिएर तिनीहरू बसेका छन् । इन्द्रभक्तको पनि त्यही त्यस्तै प्रारब्ध छ । हवाइजहाज स्र्टार्ट भएको शब्द आयो, बजिरहेको बाहृय सङ्गीतको धुनमा त्यो शब्द अलमलिएर मिसियो । इन्द्रभक्तले अघिपछि बसेका ताँतीलाई हेर्‍यो । एउटा गोराले अखबारमा आँखा ओराल्यो, एउटी गोरी आइमाईले फुकालेको चश्मा लगाई र एक हिन्दुस्तानीले आँखा चिम्ल्यो । मानौ तिनीहरू जहाजभित्र भएको उद्वेगलाई वास्ता गरेर पनि बेवास्ता गरेझैं थिए । अब इन्द्रभक्तको पिठले सिटमा धक्का दियो । जहाज गुट्क्यो । विस्तारै गुट्क्यो र गुटकिँदै गयो । अनि रनवेमा पुगेर एकछिन सशंकित भएझैं थामियो । फेरि गुट्क्यो र अहिले अघिभन्दा र"तारले गुट्क्यो । सी अफ गर्न उभिरहेका मानिसहरूको अभिवादनलाई बेवास्ता गर्दै गुट्क्यो । एयरर्पोटका घरहरूका ताँतीको माया त्यागेर गुट्क्यो । इन्द्रभक्तलाई यस्तो लाग्यो मानौ यो असार संसारमा कोही छैन, खाली ऊ अकेला छ र सँगमा खाली उसको प्रारब्ध मात्र छ । जहाज एक ठाउँमा पुगेर टक्क अडियो । होइन अझै पनि समय छ प्रारब्धको सामुन्ने आत्मर्समर्पण नगर्न ।

इन्द्रभक्तलाई अचानक चुरोट खान तलतल लाग्यो तर टेक अफ गर्न लाग्दा चुरोट खान मनाही छ । अचानक तूफानझैं चित्कार सुनियो । इन्द्रभक्त सोझो बस्यो । हवाइजहाजको अचानक गति आयो र वेगवती भएर गुट्क्यो । उसले सँगै बसेको मानिसको टाउको माथितिरबाट बाहिर हेर्‍यो । सारा रूखहरू र एयरर्पोटका घरहरू एकै पलकमा साना भए । अहिले मानौ उसले प्रारब्धको अघिल्तिर आत्मर्समर्पण गरेर उसले मुन्टो निहुरायो । हवाइजहाजले जमिन छोडिसकेको थियो र आकाशमा पुगिराखेको थियो । माथि, होइन अझमाथि, होइन अझैमाथि जहाज चढ्दै थियो । इन्द्रभक्तले फेरि झ्यालतिर हेर्‍यो । धरतीका टुक्राटुक्री यति सानसाना देखिए कि उसलाई धरती स्वयं असहाय लाग्यो । उसले सुस्केरा हाल्यो र फेरि एउटा लामो सुस्केरा हालेर आँखा चिम्ल्यो । बाजा बज्न थामिसकेको थियो । मानौ हवाइजहाजको गर्भ अब असाधारण छैन मानिसमा ताँती व्यवस्थित हुन खोजिरहेका थिए अथवा व्यवस्थित हुने बहाना गरिरहेका थिए । एउटी गोरी महिला सामुन्नेको शिरको पृष्ठ भागबाट तख्ता तानेर चिट्ठी लेख्न सुरसार गर्न लागी । एउटा गोराले किताब खोल्यो । अर्को दर्ुइजना गोराहरू अरू सबै बिर्सन खोज्दै आपसमा कुरा गर्न मसगुल भए । अघि देखिन् ध्यान मग्न भएको हिन्दुस्तानीले अहिले आँखा खोल्यो । आर्श्चर्यचकित भएर चारैतिर हेर्‍यो मानौ उसलाई अझै विश्वास छैन ऊ हवाइजहाजभित्र छ भनेर । इन्द्रभक्तले आँखा चिम्ल्यो । आ"नो घर सम्झन खोज्यो । घरैघरको बीचमा अलमलिएर रहेको उसको घर उसलाई स्वप्निल लाग्यो, मानौ त्यो घरै अमर्ूत छ । उसले आ"नो आमा बाबुलाई सम्झ्यो तर ती सद अनुहार पनि उसलाई स्वप्निल लाग्यो, मानौ ती पनि अमर्ूत हुन् । अन्रि्र ऊ एकदम झस्क्यो ऊ किन यहाँ छ, ऊ कुन लक्ष्यतिर उड्दैछ । हडबडायो ऊ त फिजिक्समा पी.एच.डी. लिन अमेरिकातर्फजाँदैछ । पैदा भएको हडबडीलाई दबाउन उसले चारैतिर हेर्‍यो । अनि उसको आँखा यताउति गरिरहेकी एउटी स्टेवार्ड ठिटीमाथि टक्क अड्यो । मानौ उसले उसलाई भर्खर देख्यो, ऊ निहारिरहृयो हेरिरहर्‍यो । त्यो ठिटी चकलेट पिपरमेन्ट भएको तस्तरी ताँतीलाई देखाउँदै थिई । मुस्कुराएर उत्फूल्ल भएको ऊसको अनुहारले मानौ भनिरहेको थियो, "हो तिमीहरू जमिनमा दुःखसुख, पीडा, भय, मृत्यु, जीवनलाई सञ्चित गर्र्छौं । त्यस्तै म पनि यस गर्भभित्र तिमीहरूजस्तै सबै कुरा सञ्चित गरेर हिँड्छु, डुल्छु र आ"नो काम गर्छर्ुु हेर मलाई अरू केही वास्ता छैन ।" अहिले त्यो ठिटीको गोरो बाहु फरफरायो, अनि केही झुक्दा उसको अर्धनग्न पुष्ट स्तनले मौन भाषामा केही बोल्यो । ऊ र्सर्दैर्सर्दै एक रोबाट अर्को रो गर्दै इन्द्रभक्तको नजिक नजिक हुन लागिरहेकी थिई । अर्को दर्ुइ रो बाँकी छ । अब बस एक रो बाँकी छ । त्यो रो पुग्दा पृष्ठ भागबाट देखिने ठिटीको पुष्ट गोरो त्रि्रा तन्क्यो । इन्द्रभक्तले आँखा ओराल्यो र आँखा चिम्ल्यो ।

चिम्लेकै आँखाले उसले प्रस्ट देखिरहेको थियो कि उसकै लाइनको अर्को साइडमा त्यो ठिटी पुगिसकेकी छ । त्यो साइडको मानिसले चकलेट लिइसकेको छ । अब ऊतिर फर्की सकी त्यो ठिटी । अनि इन्द्रभक्तले आँखा खोल्यो । सामुन्ने तस्तरी थियो र रङ्गीविरङ्गी कागजमा पोका पारेका चिजहरू । उसको हात सुस्तरी त्यसमा बढ्यो । अहँ उसले त्यो टिठीको अनुहार हर्ेन सकेन । उसको हातमा चकलेट दर्ुइवटा थिए र थ्याङ् शब्द उसको गलामै अड्क्यो, बाहिर निस्कन सकेन । सँगै बसेको मानिसले पनि लियो र "थ्याङ्" भन्यो । त्यो "थ्याङ्" शब्दलाई सुनेर निश्चल भएर इन्द्रभक्त रहृयो । त्यो ठिटीको प्रस्फुटित क्रिम पाउडरको वासना इन्द्रभक्तको पछिल्तिर पुग्यो र विस्तारै विस्तारै त्यो वासना हराउँदै गयो । अब इन्द्रभक्तलाई हवाइजहाजको गर्भ र यसभित्र रहेको वातावरण असाधारण लागेन, साधारण लाग्यो र उसको मनस्थिति काठमाडौँको उसको कोठाको भयो । कोठामा बसेर सोचेझैं ऊ सोच्न लाग्यो । साथीहरूको बीचमा पढाइ, लेखाइ र अरू बौद्धिक काममा ऊ सधैँ विजयी छ तर स्वास्नीमान्छे लिएर ऊ सधैँ हार्छ र साथीहरूको बीचमा ऊ हारेको महसुस गर्छ । ऊ पराइ स्वास्नी मान्छेसँग बोल्न हिचकिचाउँछ, आँखा जुधाउन शरम मान्छ । यसैले कति मान्छेको बहादुरी र बहादुरीको स्वांगलाईर् इष्र्या गर्छ । यहीँ आएर ऊ हार्छ । ऊ अहिले व्यवस्थित भएर सोचमा डुब्यो । अब ऊ कोठाको पलङ्गमा लेटेको छ, कौचमा बसेको छ उसलाई कोठाको एक एक कुराको सम्झना भयो । अब घर अमर्ूत भएन । उसले आमाको अनुहार र्छलङ्ग देख्यो, अब त्यो अनुहार स्वप्निल छैन । आमाले सगुनको टीका लगाएको हात उसले देख्यो र चुरा बजेको आभास उसलाई भयो । बिदाबारी हुँदा जस्तै उसको आँखामा आँसु भरियो अनि सँगै जीपमा बसेर गौचर पुर्‍याउन आउँदाको बाबुलाई उसले सम्झ्यो । उसको बाबु स्वरलाई खुलाएर भनिरहेका थिए, "चिठी लेख्न अल्छी नगर्नु ।" अहिले इन्द्रभक्तले जीपमा जस्तै खाली टाउको हल्लायो । एउटी अर्कै स्टेवार्ड ठिटी, जो अलि पुड्की छ, इन्द्रभक्ततिर आइपुगी । इन्द्रभक्त एकदम खुम्चियो । अघिल्तिर बस्नेले उसलाई निर्धक्कसँग केही भन्यो । ऊ हाँस्न लागि । इन्द्रभक्तलाई त्यस मान्छेसँग एकदमर् इष्र्या लाग्यो । यस्तर्ैर् इष्र्या ऊ आ"ना साथीहरूसँग पनि गथ्र्यो, जो तरुनीसँगै लिएर टुँडिखेल घुम्थे अथवा निर्धक्कसँग सिनेमा हलमा टाँसिएर बस्थे ।

उफ उसलाई मात्रै यो किन डर, यो किन सञ्कोच ! त्यो स्टेवार्ड ठिटी अलि पर गएर अर्कैसँग कुरा गर्न लागि । अनि फेरि अर्की स्टेवार्ड ठिटी पानी ल्याएर एकजनालाई दिन लागी । इन्द्रभक्तलाई पनि पानी प्यास लाग्यो । पानी दिने ठिटी फर्केर आउन लाग्दा पानी माग्ने साहस उसले गर्न खोज्यो तर ऊ फेरि बोल्न सकेन, उसको वाक् फुटेन । उसको प्यास गलामै हरायो र असहाय भएर उसले चारैतिर हेर्‍यो । हवाइजहाजको र"तार एकनासको थियो र मद्धिम आवाज पनि एक टंकारको थियो । सायद पाकिस्तान नाघिसक्यो, अफगानिस्तान पुग्छ हर्ेदाहर्ेर्दै हिन्दुकुश रेंज माथिबाट उड्न लाग्यो । लन्चको समय भयो । त्यही स्टेवार्ड ठिटी, जसले चकलेट र्सभ गरेकी थिई, ताँतीको शिरान देखिन्, सिटको पृष्ठ भागको तख्ता तान्दै ताँतीका प्रत्येक व्यक्तिसँग अनुहारमा त्यस्तै मुस्कानको मिठास ल्याउँदै बोल्दै आई । अब फेरि पहिलेजस्तै उसको अर्ध नग्न स्तनले केही बोल्न खोज्यो, गोरो पाखुरा फरफरायो र सेता त्रि्रा तन्क्यो । इन्द्रभक्त नजिक आइपुग्दैछ । ऊ आइपुग्न लागि, आइपुग्न लागी । इन्द्रभक्तको सँगैको मानिसको अघिल्तिरको तख्ता तानी र सोधी, "भेजिटरियन अर नन्भेजिटरियन -" "भेजिटरियन," "एनी डि्रंक -" ७वियर ।" इन्द्रभक्तले आँखा चिम्लिसकेको थियो । त्यो ठिटीको पुष्ट स्तन पूरा उसको अनुहार नजिक थियो र त्यसबाट प्रस्पिmुटित सुगन्ध उसको अनुहारभरि व्याप्त थियो, इन्द्रभक्तलाई त्यो ठिटीले आँगमा कोट्याई । इन्द्रभक्तले तिलमिलाएर आँखा खोल्यो र एक अवोध बालकमा हुने शरमको आँखाले त्यस ठिटीलाई निहार्‍यो । त्यस्तै प्रश्न ठिटीले सोधी । उसले जवाफ दिनसकेन । "यु अल्सो भेजिटरियन -" इन्द्रभक्तले खाली च्युँडो हल्लायो । "आण्ड डि्रंक -" अचानक स्वरको बाँध फुटेझैं उसले भन्यो, "नो ।" ठिटी गइसकेपछि ऊ आफैं चकित भयो, आखिर स्वर फुट्यो तर ऊ फेरि आफैं आर्श्चर्यचकित भयो, उसलाई त वियर खान मन लागेको थियो । ऊ हार महसुस गरेर सोचमा डुब्यो । खानेले वियर खाए, हृविस्की खाए । अनि लन्च आइपुग्यो । इन्द्रभक्तले पनि लन्च चपायो । उसलाई र्सभ गर्ने अर्कै ठिटी थिई । उसले खाली आँखा मात्र चिम्ल्यो, मानौ अब ऊ केही हर्ेन चाहन्न । अनाशक्त र निर्लिप्त भावले उसले लन्च चपायो र यन्त्रवत् उसले लन्च खान सिध्यायो । हवाइजहाजले अफगानिस्तान नाघिसकेको छ । सायद इरानमाथि उड्दैछ । अब चाँडै नै सिरिया आउला । इन्द्रभक्तले आँखा चिम्लेर भूगोलको नक्सा याद गर्‍यो । अनि मेडिटरियन सी माथिबाट उड्ला । मेडिटरियन सीको आ"नै इतिहास छ । त्यस समुद्रको मार्गबाट कति सभ्यताको आदानप्रदान भयो । कति युद्ध त्यस समुद्रमा भयो होला । कति जहाज डुबे होलान्, कति नयाँ जहाज पौडे होलान्, उसले इजिपसियन, ग्रिक, रोमन, अंगे्रज, जर्मनहरूको इतिहासको मर्मलाई समाउन खोज्यो ।

अनि तलतिरको भूमि । यही भूमिबाट अलेकजेण्डरले विजय पताका फैलाउँदै भारत भूमिमा पदार्पण गर्‍यो । यही तलको जमिनबाट आर्यहरू आए । बुद्ध धर्म भारतबाट फैलियो । पछि मोहम्मदले मुसलिम धर्म प्रचार गरे । महमद गजनी, महमद गोरी, चँगेज खां, सिलसिलाबद्ध नभएर उसलाई स्मरण भयो । पढेको इतिहासलाई उसले सम्झन खोज्यो । उसले धेरै कुरा बिर्सिसकेको रहेछ । इतिहास सम्झन खोज्दाखोज्दै उसलाई न्रि्रा लाग्यो । सायद ऊ सुत्यो, सायद ऊ सुतेको छैन । कानमा जहाजको एक टंकारको मद्धिम स्वर परिरहेकै थियो । अचानक ऊ सिटबाट पल्टनबाजी खाएर भुइँमा खस्यो । ऊ बिउँझ्यो । ऊ उठ्न खोज्यो तर उठ्न सकेन । जडिभूत त्रासले उसले आ"नै सिटलाई हेर्‍यो र खुट्टालाई ट्याप्प समात्यो । हवाइजहाज एकदम असन्तुलित भइसकेको थियो । मानौ एकै पलकमा मृत्युको तूफान त्यसभित्र घुस्यो । एकै वेगमा माथि घुसारिराखेका रग र बेगहरू भुइँमा छरिसकेका थिए । एकै पलकमा मानिसका ताँती डोलायमान भएर पनि जस्तै जडिभूत थिए । "अघिल्तिर रातो बत्तीले ७डेन्जर' लेखेको थियो । अनि पछि अल्झेको फासन योर बेल्ट ।" अनि एउटी आइमाईले शान्त आवाजले घोषणा गरी, "हामी तूफानभित्र परेका छौं । बच्ने कोसिस गर्दैर्र्छौं, नहडबडाउनुस् ।" अब जडिभूत ताँती एकदम काँप्यो । कोही उठ्न खोज्यो, मानौ मृत्युबाट भाग्नु खाली उठ्नु हो । एउटी आइमाईले डोलायमान हुँदाहुँदै छातीमा क्रस बनाउन सकी । हिन्दुस्थानीले आँखाले खोलेर चारैतिर हेर्‍यो मानौ हर्ेर्नु नै बाँच्नु हो । किताब हेरिरहेको मानिसले यत्रवत किताब कोटको खल्तीमा राख्यो, मानौ काम सिद्धियो अब । हिँड्ने बेला भयो । एउटी आइमाईले आ"नो बच्चालाई जोडसँग च्यापेर सुस्तरी सुस्तरी रोई । इन्द्रभक्त बल्ल बल्ल उठ्न सक्यो र झटपट सिटको वाक्लाई समात्यो । जहाज त्यस्तै डोलायमान थियो, मानौ मृत्युसँग उसको भीषण संर्घष्ा चल्दैछ । इन्द्रभक्तले अचानक देख्यो, नजिकै त्यही चकलेट र्सभ गर्ने स्टेवार्ड ठिटी र उसको स्तब्ध आँखा । इन्द्रभक्तले प्रस्ट देख्यो उसको कमर त्यसमुनिको त्रि्रा, मानौ मृत्युको तालसँग थर्किरहेछ अनि फेरि उसले देख्यो त्यो स्तब्ध आँखालाई समावेश गर्ने उसको अनुहार । अघिको मुस्कान पनि त्यो अनुहारमा स्तब्ध छ । अचानक इन्द्रभक्त रत्तियो । त्यो ठिटीलाई समात्न पुग्यो । एक पलकमा ठिटीको छाती उसको छातीमा अल्भिmयो र ठिटीको त्रि्रा उसको त्रि्रासँग टाँसियो र उसको ओठ उसको ओठमा । ठिटी स्तब्ध थिई, इन्द्रभक्त स्तब्ध थियो र मृत्युको तूफान हवाइजहाजभित्र उन्मुक्त थियो ।

Segments: 

Comments