फूलको आँखामा फूलै संसार/ दुर्गालाल श्रेष्ठ

फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार
झुल्किन्छ है छाया वस्तु अनुसार ।।

चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस
मेरो पैतालाले किरै नमरोस्
राम्रो आँखामा खुल्छ राम्रै संसार ।।

टहटह जून देखूँ कालो रातैमा
जीवन संगीत सुनूँ म सुख्खा पातैमा
सङ्लो मनमा खुल्छ सङ्लै संसार ।।

Vocal: Ani Chhoing Dolma
Music: Nhyoo Bajracharya

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom