देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रलाई सहयोग

No votes yet

२२ जनवरी २०११/

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्कले काठमाडौँमा आयोजित एक समारोहका बिच देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रलाई अमेरिकी डलर एकहजार सहयोग स्वरुप प्रदान गरेको छ | उक्त रकम अनेसास न्युयोर्कका सल्लाहकार बद्री पौडेलले “महाकवि लक्ष्मी प्रसाद देवकोटा - अन्तर्राष्ट्रिय प्रतिभा” विषयक छलफल कार्यक्रमका बीच प्रदान गर्नु भएको थियो | सल्लाहाकार पौडेलले देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष डा. पद्म प्रसाद देवकोटालाई रकम हस्तान्तरण गर्नु पूर्व अनेसास न्युयोर्कको छोटो परिचय दिनुका साथै समाजकी अध्यक्ष ज्योति पौडेलले पठाउनु भएको पत्र पढेर सुनाउनु भएको थियो |

उक्त कार्यक्रममा मुख्य अतिथि राष्ट्रकवि माधव प्रसाद घिमिरेले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका साहित्यकारहरू छन् भन्ने कुरालाई विश्व जगतमा बुझाउन आबश्यक भएको बताउनु भयो | नेपाल प्रज्ञा प्रतिष्ठानका उप-कुलपति गंगा प्रसाद उप्रेतीले महाकविको जीवनपद्दति र युग झल्कने संग्रहालय निर्माण गरी त्यसलाई पर्यटकीय महत्वको बनाउनुनेतर्फ सोच्नु पर्ने धारणा ब्यक्त गर्नु भयो |

प्रा. ऋषिकेश उपाध्यायले प्रस्तुत गर्नु भएको “अन्तर्राष्ट्रिय पाठकहरुका लागि देवकोटा – सम्भाब्य कार्यक्रमहरुको परिशीलन” नामक कार्यपत्रमाथि बरिष्ठ साहित्यकारहरु चुडामणि बन्धु, डा. तारानाथ शर्मा, गीता केशरी, कोषराज न्यौपाने आदिले आफ्ना मन्तब्य राख्नु भएको थियो |

केन्द्रका अध्यक्ष तथा कार्यक्रमका सभापति डा. पद्म देवकोटाले कृतिहरुको अनुबाद गरेर मात्र नपुग्ने बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक संस्था , साहित्यकार , सरकारबीचमा सहकार्य गरी व्यापक रुपमा अघि बढ्नु पर्ने धारणा राख्नु भएको थियो |

Segments: 

Comments

Recent Comments

About Online Sahitya

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.