विक्रीमा यो जिन्दगी

Author

कहिले प्रेम अवतार धारण गर्दै, कहिले प्रेमपीडामा विह्वल भई पीडा अवतार ग्रहण गर्दै,कहिले आँखा चिम्लेर असहमतिका पाइलाहरु अघि बढाउँदै, कहिले शून्यताकोआँचलभित्र लुक्दै,कहिले धर्तीको धूलोमा आफुलाई मिसाउँदै अब इतिहासरुँदैन भन्छन् उनी !

अनि वाचाल ओठहरुका कुटिल स्वाभावहरुलाई अनुभूत गर्दै कथा, कविता, उपन्यास, गीत सृजनागर्ने ती सर्जकले अहिले जिन्दगीलाई बिक्रीमा राखेका छन् र घोषणा गरेका छन्– बिक्रीमा यो जिन्दगी !

मैले उनलाई यहाँ गजलकार भने, प्रशङ्ग गजलको भएकोले । हुन त उनलाई कथामा कथाकार भेटिन्छ, उपन्यासमा उपन्यासकार, कवितामा कवि र गजलमा गजलकार !

सानो उमेरमा धेरै विधामा धेरै लेखेर, धेरै पुरस्कार र सम्मानपाउने यी स्रष्टा हुन गोवर्धन पूजा ।
साहित्य सिर्जनाको पाटो र बाटो हिड्दै जाँदा यस अघि नै एक कथा, एक गजल तथातीन कविता संग्रह र दुई उपन्यासको बिटमारिसकेका पूजाले “बिक्रीमा यो जिन्दगी” गजलसंग्रहको पनि भरखरै बिट मारेका छन् ।

गजलकार पूजाको पछिल्लो प्रकाशित कृति “बिक्रिमायो जिन्दगी” भित्र कसका लागिबाटशुरु भएर चवन्नौ गजल खुट्टा तान्नेहरुका लागिमा गएर टुङ्गिएकोछ । गजलहरुको यो सूचिकरण संयोग पनि हुन सक्छ अथवा संयोजित पनि ! यसको अर्थ गजलकारमा नै निहित छ ।

करिव डेढ वर्ष अघि अमेरिका प्रवासको भासमा भासिएपछि नै लेखिएका धेरै गजलहरुको यो संग्रह नून लिन परदेशमा पस्नेहरुलाई अनि अलिनोखाई घरदेशमा बस्नेहरुलाई सर्मपण गरिदिएका छन्सर्जकले ।

कलम र कुची दुबैको जोडी बाँधेर कला र कृतिमा सशक्त सृजनाका विम्बहरुलेख्ने र पोत्ने सर्जक रमेश पौडेलकोआवरणमा बासुशशी प्रतिष्ठानद्वारा प्रकाशित यस संग्रहमागजलकारले जीवन भोगाइका रोहण–अवरोहणभित्र मूलतः प्रेम र पीडाआवश्यकता र उत्सर्ग अनि देश र यथार्थताको परिवेशलाई समेटेकाछन् । नेपाली काव्य फाँटमा गलजका फूलहरु भरखरभरखर फुल्न थाल्दादेखि गजल लेखनमा आफ्ना भावनाकाफूलहरु फुलाउँदै यो विधालाई सुवासित गराउन लामो समयदेखि लागीपरेका पूजा यो जिन्दगी कसका लागि बाँच्छौ भन्दै यसरी प्रश्नर्गछन्–

कसका लागि एक्लिएर, बाँच्दै छौं हामी ?
केका लागि धनसम्पत्ति, साँच्दै छौं हामी ?

परदेशिनुको लहर केहीका लागि रहर भए पनि आम नेपालीहरुका लागि वाध्यता बनेकोकटु यथार्थलाई उनले पनि बुझेका छन् ।यथार्थमा बुझेका मात्र हैन, धेरै चेतनशील मस्तिष्कहरुजस्तै उनले पनि भोगेका छन् । विभिन्न विम्बहरुसँग जिन्दगीका भोगाईहरुलाईजोड्दै माता, मातृभूमि र परिवारजनबाट टाढिनुको मर्म, पीडा र वेदनासँगैगजलमा यसरी व्यक्त हुन्छन् उनी–

एक्लै किन हिजोआज? भनिसोध्यो जूनले
मैले भने– जिन्दगीलाई, गर्नु गर्यो नूनले !

मातृभूमि पराईहुन्न, टाढा रहे पनि
रुन्छ मन सुक्छ घाँटी, त्यो आमाको गुनले ।

जीवन संघर्षको समरमा समर्पण जित नहोला तर हार पनि होइन भन्ने उनको ठम्याई रहेको देखिन्छ । अहंकारपूर्ण जिताइ भन्दा संयमतपूर्ण समर्पणनै जित हो । अर्थात जित्नु मात्र जित होइन हारपनि जित हो । उनी जिन्दगीमा कहिले काँही हारेरजित्न चाहन्छन् । हारेर बाँच्न चाहन्छन् । त्यो जितमा भन्दा यो हारमा रमाउँछन् । यस्तै हारलाई नै जित ठान्छन् र गजलका शेरहरु कोर्नथाल्छन्–

जति गाली गर तिमी, चुपचाप सहिदिन्छु
बन तिमी सधैं आगो, म त पानी भइदिन्छु ।

अनि जीवनका रंगहरुलाई पनि उनले राम्रैसँग अनुभूत गरेको प्रतीत गजलमा विम्बित छन् । दिनको अर्थ घाम मात्र हैन, छायाँ पनि हो ।उज्याले पनि हो र अँध्यारो पनि हो ।
जीवनकोपरिभाषाभित्र छायाँ मात्र छैन, माया पनि छ, रंग पनि छ,राग पनि छ, अनुभूति पनि छ, आभाष पनि छ, उन्माद पनि छ, अनि उन्मेष पनि छ, होस पनि छ र मदहोस पनि छ । पीडामात्र छैन, प्रेम पनि छ । त्यसैले त–

तिमी सुरामा नशा देख्छौं, म सुन्दरीमा मात देख्छु
ताराहरुको भीडमा हैन, एक्लो जूनमा साथ देख्छु ।

उनी मान्छेका यावत् चरित्रसँग परिचित छन् र यी विविध वित्रिच चरित्रप्रति गजलकार असहमति जनाउछन् । मान्छेको यो भीडमा गर्नेभन्दानगर्नेहरुको लाम, नगर्नेभन्दा खुट्टातान्नेहरुको झन् लम्बेतान देख्छन् । मानवीय स्वभाव र चरित्रमाआएको स्खलनको बाढीले उनलाई पनि बगाएको भान हुन्छ । घात र चोटहरुले घाइते बनाएको प्रतीत हुन्छ । जीवनका यावत् भोगाईहरु विर्सन रयस्तै हो भनेर चित्त बुझाउन सायद गाह्रोहुन्छ नै । अनि त उनी गजलमा पोखिन्छन्–

खुट्टा तान्ने हरुको लाम मात्र देखेँ
स्वार्थीहरुको छलछाम मात्र देखेँ

दिक्क भै सकेँ यो सांसारिक रीत देखेर
यहाँ कपट गर्नेहरुको काम मात्र देखेँ ।

तिकड्म, जालझेल, कपट र छलछाम नै अहिलेका धेरै मान्छेको काम भएको छ । दिक्क मान्छन् र अन्त्यमाचित्त बुझाउँछन् गजलकार गोवर्धनपूजा पनि ।

डिसेम्बर १४, २०१०। बोस्टन, अमेरिका ।

Segments