Loading

साझा पुरस्कार ढकाल र सुवेदीलाई

काठमाडौँ, २१ असार । साझा प्रकाशनले २०६५ र २०६६ सालको साझा पुरस्कारको घोषणा गरेको छ । २०६५ को पुरस्कार प्रेतकल्प उपन्यासका लागि नारायण ढकाललाई र २०६६ को पुरस्कारबाट संक्रमणकालको साहित्य र समकालीनता कृतिका लागि पुरुषोत्तम सुवेदीलाई सम्मान गरिने भएको छ । साझाले हरेक वर्ष आफ्नो प्रकाशनबाट छापिनॆ कृतिहरुमध्येबाट सर्वोत्कृष्ट ठहरिएकोलाई यो पुरस्कार दिँदै आएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

यसैगरी साझाको मासिक साहित्यिक प्रकाशन गरिमामा छापिएका रचनामध्ये २०६५ र २०६६ सालको अङ्कहरुमा उत्कृष्ट बन्दै रेखा सुवेदी र राजेन्द्र पराजुली तथा कणाद महर्षि र अविनाश श्रेष्ठले सात हजार रुपैयाँ राशिको गरिमा सम्मान पाएका छन् ।

Segments: 

Comments