Language/Literature

भाषा साहित्य Nepali languate Nepali Literature

दुई ध्रुव / राजेन्द्र पराजुली

No votes yet

दुई ध्रुव अर्थात् डा. धु्रवचन्द्र गौतम र धु्रव सापकोटाबीच थुप्रै असमानता छन्, तर तिनको किनारा एउटै छ। दुवैजना साहित्यको गन्तव्य खोज्दै हिँडेका छन्। असमानता वैचारिक र उद्देश्यपरकताको अर्थमा होइन। गौतम वीरगञ्जको तातोमा जन्मिए, सापकोटा काभ्रेपलाञ्चोक, कुशादेवीको शीतल डाँडामा। तिनलाई भेट गरायो यो कचौरे राजधानी काठमाडौँले र अटुट मित्रताको जोडी बनाइदियो साहित्यले। र, केन्द्रमा रह्यो २० को दशकको कथाप्रधान साहित्यिक पत्रिका ‘प्रतीक'। त्यसका सम्पादक थिए सापकोटा र अर्का साहित्यकार हरि अधिकारी।

हाम्रो भाषा र हाम्रा पुस्तक / जगदीश घिमिरे

Your rating: None Average: 5 (1 vote)

Booksआफ्नो ६३ वर्षे जीवनमा मूलतः म मेरो मातृभाषाभाषीबीच बाँचेँ, बोलेँ, सुनेँ, सिकेँ, लेखेँ। मैले ४५ वर्षघि थालेको साहित्य सिर्जनाको मूल माध्यम पनि नेपाली नै हो । दुई वर्षेखि म पिँजडाको सुगाजस्तो कोठा, अध्ययन र लेखन-केन्द्रित भएपछि वार्तालापमा मात्र होइन, किताब, छापा, टीभी र एफएमहरूमा नेपाली भाषामा प्रचलित सामयिक शब्द, भाव, शैली र उच्चारणहरूको गतिशीलतासँग पुनः परचिय गर्दैछु।

भाषाविज्ञानका आँखामा नेपाली भाषाहरू/ डा. माधवप्रसाद पोखरेल

Your rating: None Average: 3 (2 votes)

नेपालका भाषा ः नेपालमा जम्मा पाँच महापरिवारका भाषा बोलिन्छन् । कुसुन्डा भाषा संसारको कुनै परिवारसित पनि मिल्दैन । यो भाषा एउटै मझेरीमा बोल्न पाउने रोल्पा, टुनीबोटकी पुनी ठकुरी र उनकी छोरी कमला खत्री मात्र छन् । देउखुरीकी ज्ञानीमैयाँ सेन र दाङका प्रेमबहादुर शाही आफ्नो परिवारमा कसैसित पनि मातृभाषा बोल्न पाउँदैनन् । त्रिवि, भाषाविज्ञान केन्द्रीय विभागमा कुसुन्डा भाषाको अभिलेख भइरहेका वेलामा कीर्तिपुरको एउटै डेरामा बस्ता कमला खत्री, ज्ञानीमैयाँ सेन र प्रेमबहादुर शाहीले मातृभाषामा बोल्ने मौका पाएका थिए । ती तीनजनाबाहेक अर्घाखाँचीमा अरू दुईजनाले कुसुन्डा भाषा बोल्न सक्छन् भन्ने सूचना ज्ञानीमैयाँ सेनले दिएकी छिन् ।

नेपाली नाटकमा महिलालेखन/ लीला लुइटेल

No votes yet

नेपाली साहित्यमा अन्य विधाका तुलनामा नाटकको लेखन कमै भएको पाइन्छ । यस क्षेत्रमा महिलाको सक्रियता निकै कम देखिए पनि निराशै हुनुपर्ने स्थिति चाहिँ छैन । हालसम्म प्राप्त जानकारीअनुसार नेपाली एकाङ्की नाटकमा महिलाको प्रवेश राधिका रायाको 'जीवनको इच्छा' -भारती, ७/७, सन् १९५४) शीर्षक एकाङ्कीबाट भएको देखिन्छ ।

Author: 

नेपाली साहित्यिक कृति सङ्ख्या धेरै, गहिराइ कम/ दिपक विहिन

No votes yet

प्रकाशनमा संख्यात्मक बृद्धि भए पनि नेपाली साहित्य भण्डारमा गहनप्रकारका कृति कमै थपिने गरेका छन् । वितेको ०६७ सालमा संख्यात्मक रूपमा थुप्रै पुस्तक प्रकाशनमा आएपनि गहनप्रकारका कृति कमै आएको ठम्याई छ, साहित्यकार तथा पुस्तकप्रेमीहरूको । उनीहरूको बुझाइ छ-"साहित्यलाई पनि आम उपभोग्यवस्तुजस्तै विज्ञापनमार्फत् बेच्न थालिएपछि साहित्यका उपभोक्ताहरू अन्यौलमा पर्न थालेका छन्।"

Author: 

Comments

Recent Comments

About Online Sahitya

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.