Char Tukra / Bhim Darshan Roka
चार टुक्रा / भीमदर्शन रोका
ताराहरुको आकाश बोलाउँछ मलाई,
यो कति टाढाको आश बोलाउँछ मलाई,
कहिल्यै पनि नफक्रिएको
कलि कलिको सुवास आउँछ मलाई ।
हृदयले आफूसँग राख्दछ मलाई,
बचपन बारबार छोई भाग्दछ मलाई,
जसलाई पनि हेर्दछु म
उसैले आई समात्छ मलाई ।
पिउँछु, पिउने मेरो बानी छ;
मस्त छु मग्न छु, बेहोसी मेरो कहानी छ;
जो लुटिएका छन् आउनू नजिक मेरो
कि जवान छु र जवानी छ ।
Author
Segments
Language
दुई किनारको कहिल्यै मेल नभएजस्तै / ज्ञानुवाकर पौडेल
मुटुभरि आशा / भैरव अर्याल
तीन मुक्तक / ज्ञानुवाकर पौडेल
चार मुक्तक / विष्णुबहादुर सिंह
केही मुक्तक / वियोगी बुढाथोकी
केही मुक्तक / ज्ञानुवाकर पौडेल
बाँचेको जस्तो लाग्छ
चमत्कार / विचन्द्र प्रधान
अनौठो गीत
- विचन्द्र प्रधान
आँसु कहिले खुसीको पनि हुन्छ,
हाँसो कहिले खिसीको पनि हुन्छ,
बाटोमै पनि कोही अबाटो हिँडेको हुन्छ,
घरमै पनि कोही बेघर भएको हुन्छ ।
(मिरिक, दार्जीलिङ)
Author
Segments
Language
- Read more about अनौठो गीत
- 121 views