Loading

युद्ध भूिममा मुर्कुट्टा किन नाच्छ ? / जगदीश घिमिरे

Jagadish Ghimireसंस्कृतको अनुपम ग्रन्थ पचंतन्त्रको 'मित्रभेदप्रकरणको 'बाँदर भँगेराजोडीकथामा भनेको छपरपीडकले आफ्नो विनाशको वास्ता गर्दैन युद्धभूिममा टाउको छिनिएको मुर्कुट्टा अरू घाइतेको पीडामा खुशी भएर नाच्छ

परदु:ख चाह गर्ने खलले गन्दैन आफ्नै नाश  
शिर गिर्दा समरविषे कबन्ध घुम्दै रहन्छ दङ्गदास ।।

(पंचतंत्र, अनुवाद लेखनाथ

माओवादीको 'थट पुलिसखगेन्द्र संग्रौलको प्रलापले त्यस कथाको यो उक्ति सान्दर्भिक हुन पुगेको 'थट पुिलसको परिचय तल  

खगेन्द्र संग्रौलाको लेख 'मतृ लेखकको कथन’ ('नागरिक अक्षर२०६९ चैत ३०शनिवार) पढ्दा उनी त्यस्तै मुर्कुट्टा हुन् भन्ने कुरामा मलाई कुनै द्विविधा भएन उनी आफ्‌नो टाउको आफ्‌नै खुशीले काटेर मुर्कुट्टो भएपछि उपन्यासकार राजेन्द्र थापा, भूिमका लेखक जगदीश घिमिरे, लोकार्पण गर्ने बैरागी काइँला त्यस प्रसंगसगँ कुनै चासो नभएका अभि सुवेदी गोविन्द भट्टराई समेतलाई मुछ्दै प्रसन्नतापूर्वक यौटा सिंगो पानाभरि मुर्कुट्टाको नाङ्गो नाच नाचेका छन्

उनको पीडा के भने राजेन्द्रले उनले भने जस्तो चाहे जस्तो उपन्यास लेखेनन् मानो हरके उपन्यासकारले उनको अनुमति लिएर उनले चाहे बमोिजमको उनले जस्तै आइएनजीओ एनजीओबाट पैसा खाएर 'प्रायोिजतउपन्यास लेख्नु पर्छ जगदीशले उनले चाहे जस्तो भूिमका लेखेन मानो हरके भूमिका लेख्नेले पनि उनको अनुमति लिएर उनले चाहेजस्तो भूिमका लेख्नु पर्छ । के उनी उपन्यास र भूिमका अथवा सम्पूर्ण साहित्य लेखनका स्वघोषित सेन्सर बोर्ड हुन् ? कि उनी आफू उनले अरूलाई दिएका अरूले उनलाई दिएका सबै उपाधि हुन्- पियन, खरदार, नायबसुब्बा, सेक्सन अफिसर, मुख्य सचिव, सर्वोच्च सर्वेसर्वा ? जय पाखण्ड !

राम्रा नराम्रा पुस्तक लेखिन्छन् राम्रा नराम्रा भूमिका पनि लेखिन्छन् त्यो आआफ्ना मान्यताको कुरा हो के सबै जना माओवादीका 'थट पुलिसहुन्छन् ? के माओबादीका 'थट पुलिसको अर्कालाई मनपरि व्यक्तिगत गालिगलौज गर्ने अधिकार ? यस्तो कुरा 'थट पुिलसहरू मध्ये पनि क्षुद्रबाट मात्र संभव

राजेन्द्रलाई प्रकाशकले ठूलो रकम र्वायल्टी दिने घोषणा गरेकोमा पनि खगेन्द्रलाई पोल्यो उनले एनजीओ आइएनजीओबाट प्रायोजित घटिया उपन्यास 'जुनकिरीको संगीतलेखेबापत् ठूलो रकम लिंदा राजेन्द्र थापा, जगदीश घिमिरे वा अरू कसैले पनि मुर्कुट्टानाच नाचेका थिएनन् उनले अमेिरकी जोन उडको पुस्तकको अनुवादबाट पारिश्रमिकको नाउँमा विशाल रकम खाँदा कसैले पनि आफ्‌नो टाउको काटेर मुर्कुट्टानाच नाचेन अरूको प्रकाशकलाई उनी रातारात मालामाल हुन खोज्ने द्रव्यपिचाश भन्छन् तर के उनका प्रकाशक उनलाई स्पन्सर गर्ने चाहिं देउता हुन् ? उनलाई प्रकाशकले कमाएको लेखकलाई दिएको र्वायल्टीको पनि पीडा के उनको प्रकाशकले नाफा लिंदैन ? के उनलाई स्पन्सर गर्नेको स्वार्थ छैन ?

***

जीवित लेखकले मुर्कुट्टासँग के वादविवाद गर्नु ? तापनि अर्को शनिबार राजेन्द्र थापाले नागरिकमा जुवारी खले'खगेन्द्र दाजु नमर्नुस् प्लीज ! नमर्नुस्, घटिया गालीगलौजअखबारीसाहित्यको विजोक हुन्छ

आफू घटिया गालीगलौज अखबारीसाहित्य नै लेख्ने मान्छे हो भन्ने कुरा खुशीसाथ स्वीकार गर्दै खगेन्द्रले लेखे'हैन मलाई मर्न देउ, तिम्रो पोर्नोग्राफी बचाऊ !’

संसारमा पोर्नोग्राफी पनि हुन्छ पोर्न  साहित्य पनि हुन्छ पोर्नोग्राफी व्याप्त पश्चिमा जगतको कुरा छाडौँ, संस्कृत साहित्यका महान ग्रन्थहरूरघुवंश , कुमारसंभव, गीत गोविन्द, श्रृंगार शतक, आदिमा पनि पोर्न साहित्यको प्रचुरता संसारमा पोर्नस्टारलाई जनताले चुनेर सांसद बनाएका पनि उदाहरण छन् साहित्य आकाश हो जहाँ सबै चरालाई उड्ने अधिकार कसैलाई के मन पर्छ कसैलाई के ! त्यसलाई मन पराउने मन नपराउने हुन्छन् विवेचना हुनुपर्छगालीगलौज होइन । नेपाल ग्लोबल भैसकेको छ। विश्वका विचार र प्रयोग यहाँ छन् । भलै कम्युनिस्टहरू देशलाई जकडेर सयौँ वर्ष पछि लैजाने चेष्टा गर्दैछन् समाजमा विश्वका राम्रा र नराम्रा दुवै पक्ष तँछाड मछाड गर्दै पसिरहेका छन्। ग्राह्य र अग्राह्य आफूले नै छुट्याउने हो।

आफैं काँचको घरमा बस्ने खगेन्द्रले पहिलो इँटा हानेका थिए अर्को साता राजन्द्रले त्यसको जवाफ पत्थरले दिए त्यो घर भत्काइदिए

उनले किच्च ङिच्च गर्दै लेखे , 'मैले व्यंग्यार्थमा जगदीश घिमिरेलाई साहित्यको सेक्सन अफिसर, बैरागी काइँलालाई साहित्यको मुख्य सचिव, अभि सुवेदीलाई साहित्यको नायब सुब्बा गोविन्द भट्टराईलाई साहित्यको खरदार भनेको हुँ

राजेन्द्रले लेखे, 'पियन बाहके अरू सबै पद बाँडेर सकिएपछि अनि तपाईँलाई पनि अरूले पद दिन चाहे भने कुन पद दिने ?’

यसरी राजेन्द्रले खगेन्द्रलाई साहित्यको पियन दर्जा दिए उखान जस्तालाई तस्तै ! लेखकहरूलाई ती पद तोक्ने अधिकार खगेन्द्रलाई कसले दियो ? के सरकारी कर्मचारीहरू हेय र उपहासका पात्र हुन् ? के भन्न खाजेको ?

बडे माओबादीहरू देश विदेशबाट आसचपु (आर्थिक सहायता, चन्दा, पुरस्कार) बटुल्छन् तिनले आफ्ना पक्षमा लेख्ने बोल्नेलाई आसचपु आफल्छन् कि त्यै आसचपु बोलेको हो, खगेन्द्रजी ?

जगदीश घिमिरे सेक्सन अफिसर हो भने खगेन्द्र संग्रौला निस्सन्देह नेपाली अक्षरजगतमा जगदीशको चिया ओसार्ने पियनभन्दा माथिका होइनन् यो उनले भनेको जस्तो 'व्यंग्यार्थहोइन, मेरो गंभीर यथार्थ वक्तव्य हो

खगेन्द्रले केहीअघि सम्पन्न काकरभिटा पुस्तक मेलामा मोदनाथ प्रश्रितको भाषणको निन्दा गर्दै मेरो 'सकसलाई पनि गाँसेर लेखे'तिनको (प्रश्रितको) भाषणको सारमा मैले जगदीश घिमिरेको उपन्यास 'सकसको गुन्जन सुनें त्यो गुन्जनमा थियो विगतको गौरवगान, वर्तमानको भर्त्सना भविष्यको निषेध

उनले 'सकसराम्ररी पढेको भए थाहा पाउने थिए उनले 'जुनकिरीको संगीतमा एनजीओको पैसाको गौरवगान गरे जस्तो 'सकसमा विगतको गौरवगान पटक्कै छैन मेरो कुनै पनि उपन्यास वा पुस्तकलाई कसैले पनि स्पोन्सर गरेको छैन विगत वर्तमानमा जे जो भर्तसनीय थिए वा छन् तिनको भर्त्सना गर्ने उद्देश्यले नै 'सकसलेखिएको हो 'सकसमा भविष्यको निषेध पनि छैन कसले गर्न सक्छ भविष्यको प्रवाहलाई निषेध? केवल त्यो भविष्यको चिन्ता जसले जातीय युद्ध ल्याउन सक्छ

हो मैले 'सकसमा पृथ्वीनारायण शाहको महिमामन्डन गरेको छु लेखेको छुपृथ्वीनारायण शाहले सिंधुलीमा फिरंगीका सेनालाई त्यसअघि मकवानपुरमा कासिम अलिका सेनालाई हराएर भगाउन नसकेको भए नेपालको इतिहास भूगोल अर्कै हुने थियो

यो मेरो निष्कर्ष हो। जसले यो मत मान्छ त्यसले मान्छ, जसले मान्दैन त्यसले मान्दैन त्यो लेख्नु पृथ्वीनारायण शाहको महिमामन्डन गर्नु हो भने हो स्वीकार गर्छु के नेपालको संस्थापकको महिमामन्डन नगरेर आसचपु खाएको भरमा नेपालको विखन्डनकारी विस्थापकको महिमामन्डन गरूँ ?

प्रचण्डले हालै जनकपुरमा त्यसअघि पनि पटक पटक उनको एघार वर्षे युद्धमा त्यसपछि पनि गलतीहरू भएका छन् भन्ने स्वीकार गरेको कुरा संचार माध्यमहरूबाट थाहा भएको आशा गरौँउनले अब छिटै माओवादी युद्ध नै गल्ती थियो भनेर नेपाली जनतासंग क्षमा माग्ने छन्

केही समय भयो प्रचण्डले पृथ्वीनाराणलाई नेपालको नायक भनेर उनको 'महिमामन्डनगरेका छन् आफू लाई त्यसपछिको नायक हुँ भनेका छन् अब माओवादीका 'आसचपुबुिद्धजीवी 'थट पुलिसहरूले पृथ्वीनाराण बारे के भन्ने लेख्ने हुन् हेर्न  बाँकी

***

खगेन्द्र पौने दुई  सय पेजको उपन्यास लेख्ने राजेन्द्र भन्दा तीन पेजको भूमिका लेख्ने ममाथि खनिए उनले जगदीशलाई 'नवीन दृिष्ट उत्तम कृितको पारख गर्ने अद्वितीय प्रतिभा भएकाभनेर व्यगं गरे मानो उनी बाहके नेपालमा अरु कोही प्रतिभावान् छैन , अरु कोही पारखी छैन मानो उनले नजानेको केही छैन उनले निन्दा नगरेको (उनलाई आसचपु दिनेलाई बाहके ) कोही छैन उनी सर्वज्ञ हुन् उनमा केही कमजोरी छैन मानो संसारको सारा प्रतिभाको ठेक्का उनकै हो

उनले जगदीशलाई 'दशौं रसका ज्ञातालिंग रस भगरसका प्रखर एवं मुखर पारखीभने मानो उनी लिंग रस भगरसको 'मुखर पारखनगरीकन अर्काकै पारखको भरमा पिता पनि भए

जगदीशसंग उनको अर्को रिस के भने उसले मदन पुरस्कार पायो, उनले पाएनन्। जीवा लामिछानेको सदासयताले अखबारी टिप्पणीको संकलनका लागि समेत उनले पद्मश्री पुरस्कार पाए। अनि जुन थालमा खाए त्यै थालमा सबका सामु त्यै मन्चमा हगे । उनले दुवै हातले टोपी फुकालेर पुरस्कार थप्दाको भाषणमा भनेपुरस्कार दिनेलिने नुनचटाउने, चाट्ने हुन्

मान्छेले नुन चटाउँछ , पशुले नुन चाट्छ तापनि उनले लाजै नमानी समारोहमा आमन्त्रित सयौं विद्वानका अगाडि साहित्य सेवामा तन, मन धनले लागिपरेका आँखामा हाल्दा नबिझाउने भद्रमानिस जीबा लामिछानेले छरेका नुन का ढीका तुच्छ पशु भएर लपलप चाटे कमल दीक्षितको नुन चाट्न नपाएर मलाई गाली गरे मदन पुरस्कार एक सय जना जतिले पाइसके होलान् । मेरै किन आरिस? के मैले मेरो लेखनमा उनका 'आसचपुचटाउने मालिकहरूको विरोध गरें भनेर? कमल दीक्षितको नुन चाट्ने हो भने गर्नु त्यसको उपाय ! मसंग के को रिस ?

उनको पुरस्कारप्रति त्यस्तो धारणा भने कुनै पनि पुरस्कारको लागि किताब नै बुझाउनु हुँदैनथ्यो बुझाए पनि पुरस्कार बहिष्कार गरेको भए हुन्थ्यो अथवा बर्नार्ड शाले जस्तो नोबेल प्राइजको पुरस्कार रकम नलिएर सम्मानमात्र ग्रहणगरेको भए हुन्थ्यो। बर्नार्ड  शाले आफ्‌नो नोबेल पुरस्कारको रकम स्विडिश पुस्तकहरू अंग्रेजीमा अनुवाद गराउन उपयोग गर्नु भनेर फिर्ता गरे संग्रौलाले पनि रकम नलिएर त्यसको त्यस्तै केही सदुपयोग गर्नु भन्न सक्थे तर पुरस्कारको लागि दर्खास्त पनि हाल्ने, पुरस्कारको रकम पनि पट्याएर गोजीमा हाल्ने, अनि तात्तातै त्यै पुरस्कार पुरस्कार दाताको निन्दा गर्ने ? यसभन्दा ठूलो पाखण्ड के हुन्छ ?

अरु अरु उनैका वामपन्थी साथीहरूले समेत उनलाई 'पाखण्डी बूढा' भनेर उसै घृणा गरेका होइनन् त्यसैले होला उनीहरू उनलाई अगाडि पर्दा दाजु भनेर चिल्लो दले पनि पछाडि कुरा गर्दा 'पाखण्डी बूढा' वा 'पाबू' भन्छन्

खगेन्द्रका धेरै वामपन्थी साहित्यिक मित्रहरू मेरा पनि मित्र छन् परार माघमा मैले उनी लगायत उनका वामपन्थी 'मित्र ?’ नारायण ढकाल, राजव, शार्दूल भट्टराई, गोविन्द वर्तमान तथा कृष्णमुरारी भन्डारी, शरदचन्द्र वस्ती, राप्रउ पोखरेल , बुिद्धसागर समेतलाई निम्तो गररे मन्थली लगेको थिएँ दुई िदन आख्यान भाषासाहित्यको चर्चा भयो

ती मित्रहरूको खगेन्द्रबारेको धारणा कसैबाट लुकेको छैन उनीहरू खगेन्द्रको 'सर्वहारा श्रमिक सगंठन, चितवनसगँ को संलग्नतादेिख आजसम्मको पाखण्डी क्रियाकलाप बारे अनभिज्ञ हुने कुरा भएन अतः उनीहरू सबै उनलाई पाबू भन्छन्

विमल निभाले मसंग भनेका छन्, 'राजव अमेिरका गयो भनेर उसलाई तालिबान भन्नेले आफ्ना सन्तानलाई किन अमेिरका पठाएको ? मैले त्यस पाखण्डको विरोधमा लेखें।

***

गोविन्द वर्तमानको २०६९ कातिर्क मा निधन भयो त्यसको दुई  महिनापछि उनको 'हरियो साइकलपुस्तक प्रकाशित भयो त्यसमा यौटा लेख छ'असफल यात्राको कथाजुन उनले आफ्‌नो रगतले लेखेका छन्

त्यो पढेपछि थाहा हुन्छ गोविन्द वर्तमानको पाखण्डी बूढा प्रति कस्तो धारणा रहेछ उनीहरूबीच कस्तो भित्री सम्बन्ध रहेछ अनि राम्ररी बुिझन्छ कोही किन पाबू नामबाट विभूिषत हुँदो रहेछ । अनि गोविन्द वतर्मानको ढाडमा कसरी छुरा हानिएको रहेछ

के त्यो पीडा गोविन्दको असामयिक निधनको कारण बनेन ? गालिबले उसै लेखेको होइन होला

गरचे हूं दीवाना पर क्याें दोस्तोंका खाऊं फरेब

आस्तीं में दशना पिनहां हाथ में नश्तर खुला

खुला हातमा घाउ चिर्ने छुरा देखाउने बाहुलामा ज्यानमारा कटारी लुकाएर ल्याउने साथीको फरेब सगँ सावधान रहन्छु गोविन्द वर्तमानलाई उनका सच्चा साथीहरूले वार्निङ नदिएका होइनन् तर उनले चिनीचिनी, थाहा पाईपाई त्यो सल्लाहको वास्ता गरेनन्

***

आजको विश्वमा भिजन नभएका प्रतिगामीले मात्र तानाशाहीको वकालत गर्छन् आधुिनक विश्वका तानाशाहीको वकालत गर्नेहरू हुन्कम्युिनज्म, फासिज्म नाजिज्म कम्युिनज्म व्यापक भयो मार्क्सको 'सर्वहाराको अधिनायकवादीतानाशाहीलाई लेिननको तानाशाहीले एक पाइला अगाडि बढायो त्यसलाई स्टालिनको तानाशाहीले निकै अगाडि बढायो त्यसलाई माओको तानाशाहीले झन् अगाडि बढायो

जसले आफूलाई कम्युिनस्ट भन्छन् ती यिनै सर्वसत्तावादी, अधिनायकवादी तानाशाहीका अनुयायी हुन्।

अंग्रेजी उपन्यासकार जर्ज अवर्ले को १९४९ को '१९८४नामक महान् उपन्यास आधुनिक क्लासिक हो सबैले पढ्नु पर्ने यस उपन्यासमा कम्युनिस्ट व्यवस्थाको अत्यन्त गहिरो विश्लेषण करिब तीन सय पजे को त्यस उपन्यासमा सर्वव्यापी तानाशाहीका बीच Thought Police (थट वा विचार पुलिस) को प्रवल भूमिका देखाइएको

'थट पुलिसको काम हो नागरिकको विचार पत्तालाउने कम्युनिज्मसगँ थोरै पनि असहमति भने उसको सफाया गर्ने '१९८४उपन्यासमा त्यसलाई एनिहिलटे वा भेपोराइज गर्ने भनेको विश्वका नेपालका माओवादीले यिनै शब्द प्रक्रियाहरू प्रयोग गर्छन् नेपालका माओवादीले हजारौँ निरपराध नागरिकलाई यातना दिएर सफाया वा भेपोराइज गरेका आधिकारिक अभिलेख छन्

खगेन्द्र संग्रौलाहरू माओवादीका 'थट पुलिसहुन् सक्ने भए उनले आफ्ना बाहेक अरू विचार राख्ने सबैलाई सफाया गर्ने थिए, नसक्ने भएर मात्रै तुच्छ गालीगलौज गर्छन्

***

प्रभावशाली कवि श्रवण मुकारुङ विश्वमा कम्युनिस्ट मुभमेन्टको सान्दर्भिकता समाप्त भएको भन्ने मान्यता राख्छन्। खगेन्द्रले आफ्नो बाटो हिंिडरहेको कवि मुकारुङको कांग्रेस पार्टी प्रवेश लाई 'नर्कवासभने मानो उनको १७००० भन्दा बढी नागरिकको चिहानमाथि ठडिएको माओवादी पार्टीमात्र स्वर्ग हो अरू सबै पार्टी नर्क हुन् तर उनले भन्ने त्यही हो किनभने उनी माओवादीका नुन चाटेका 'थट पुलिसहुन्

कवि श्रवण मुकारुङले पत्रकार कुसुम भट्टराईसँगको एक वार्ता मा विनम्रतापूर्वक भने'प्रचण्ड रोल्पामा पुग्दा खगेन्द्र पनि त्यहाँ पुग्नुहुन्छ प्रचण्ड कन्चनपुर पुग्दा पछिपछि गएर भाषण गर्नुहुन्छ टेिलभिजनको पछाडि कुनामा खगेन्द्रजी नै देिखनु हुन्छ खगेन्द्रजी पनि प्रचण्डका भक्त हुनुहुन्छ उहाँ हजारौँ मानिसका लाशमाथि बस्नु भएको उहाँचाहीं चिहानमाथि किन बसेको ? नेपाली जनताका हाडको थुप्रोमाथि बस्ने ?’

कांग्रेसमा आफ्‌नो योगदानबारे उनी भन्छन्, 'कवि मुकारुङ कांग्रेसमा प्रवेश गर्यो खबर नै एउटा ठूलो योगदान हो ’ (चिहानमा उभिएर गाली नगर, अन्नपूर्ण पोस्ट, २६ साउन २०७०)

यसै प्रसंगमा मुकारुङबारे हरि अधिकारीले टिप्पणी गरे'श्रवण मुकारुङ मलाई खासै मन पर्ने कवि भने होइनन् उनलाई जुन कविताले अत्यधिक चर्चामा ल्यायो, बिसे नगर्चीको बयान, मेरो दृष्टिमा उच्चकोटिको कविता होइन त्यो त्यस कविताको 'थिमके हो भन्ने सम्भवतः उनलाई नै प्रस्ट छैन जनआन्दोलनताका एउटा होहल्लाबीच त्यो कविता हिट भयो एउटा खास वर्गले उनलाई प्रमोट गर्यो उनका कवितामा कुनै शाश्वत दीर्घजीवी तत्व पाउँदिनँ जनजाति समुदायको भएकाले उनको महत्व बढी भएको हो, किनकि साहित्यिक फाँटमा पछिल्लो समय जनजातिको उपस्थिति कमजोर खोटाङका जसराज किराँती छन् एकजना, तर बूढा भए अरू केही कवि छन्, जो कविताका नाममा नारा लेख्छन् उनीहरूसित तुलना गर्दा भने श्रवण मुकारुङ अलि राम्रा हुन्

श्रवणको कवितामा एउटा राम्रो पक्ष भनेको भावनाको प्रबल उपस्थिति हो उनी भावनात्मक आवेगमा कविता लेख्छन् त्यसले मानिसलाई छुन्छ तर, हरि अधिकारीको टेस्ट अनुसार ती कविता साधारण हुन्

'हरि अधिकारीलाई मन पर्नु नपर्नु उनको टेस्टबारे श्रवण मुकारुङले भने, 'हरिजीलाई समीक्षाको सामान्य सैद्धान्तिक ज्ञानसमेत छैन उहाँ असफल कवि हुनुहुन्छ त्यसैले उहाँको टिप्पणीको जवाफ मैले दिनु भनेको आफैं अयोग्य हुनु हो ’ (चिहानमा उभिएर गाली नगर, अन्नपूर्ण पोस्ट, २६ साउन २०७०)

हरि अधिकारी आफू बाहके अरू सबैलाई 'मेिडयाकेरभन्छन् अरू साहित्यकारहरूले उनलाई कति मन पराउँछन् वा मन पराउँदैनन् उनीहरूको 'टेस्टअनुसार उनको साहित्य कस्तो हो भन्नेकुरा शायद उनलाई थाहा छैन

***

तलको उद्धरण पत्रकार मनोज दाहाल श्रवण मुकारुङको बीचको वार्ता हो किन कांग्रेस प्रवेश गनर्भु यो

किन भन्देिख लोकतन्त्रको रक्षा गर्ने पार्टी यही हो जस्तो लाग्यो राजतन्त्रको अन्त्यगर्न माओवादीलाई मलू धारमा ल्याउन यसले ठूलो भूमिका खेलेको कांग्रेस लेखकीय स्वतन्त्रताको वकालत गर्ने पार्टी पनि हो लेखकका लागि कांग्रेस नै ठीक

लेखकलाई किन चाहियो पार्टी ?

लेखकलाई पनि चाहिन्छ नि पार्टी हुन त्यो व्यक्तिगत कुरा हो लेखकको रुचिअनुसार पनि हुन्छ सक्रिय हुने चाहना राख्यो भने पार्टीमा जान सकिन्छ एउटा सन्देश पनि जान्छ स्वतन्त्र पनि बस्न सकिन्छ तर मानिस निरपेक्ष रहन कहाँ सक्छ ?

क्षेत्रीयपार्टीहरू खुलेका छन्। आशोक राईले भर्खरै नयाँपार्टी खोलेका छन्। त्यता किन जानुभएन ?

मेरो व्यक्तित्व क्षेत्रीय पार्टीहरूमा अटाउँदैन कुनै क्षेत्रीय मान्छे होइन एउटा क्षेत्रको मात्र कवि होइन तीस वर्षदेिख कविता लेिखरहेको छु कुनै एउटा निश्चित जातिका लागि मात्र मैले कविता लेखेको होइन

भनेपछि क्षेत्रीय पार्टी तपाईँको लागि होइन ?

राष्ट्रिय चिन्तन राख्ने मानिस त्यस्तो क्षेत्रीय पार्टीमा अटाउन गाह्रै हुन्छ  

(कांग्रेस छिरेपछि कवि श्रवणले भने, जोशमा मात्र कम्युनिस्ट, सेतोपाटी बुधबार, भाद्र , २०७०)

व्यवसाय वा हबी जे होस्, समाजमा प्रख्यात होस् वा कुख्यात हरेक नागरिकलाई आफ्‌नो पार्टी रोज्ने अधिकार

सिद्धान्तहरूमा मत मतान्तर हुन्छन् एक पार्टीको कार्यकर्ताले अर्को पार्टीको नराम्रै नराम्रा आफ्‌नो पार्टीको राम्रै राम्राको ढ्वाङ फुक्छ त्यो खगेन्द्र जस्ता कार्यकर्ताले गर्ने कुरा हो। तर बुद्धीजीवी त्यसो गर्दैन ,विवेचनागर्छ।

सन् १९४९ मा बेलायतमा यौटा पुस्तक प्रकाशित भयो'The God that Failed यसमा १९२० १९३० को दशकमा कम्युनिजम लाई ईश्वर मान्ने जना प्रतिष्ठित लेखक, पत्रकारहरूले कम्युनिज्मबाट मोह भंग भएपछि त्यसलाई परित्याग गररे त्यसका बारेमा लेखेका लेख समावेश छन् बीसौं शताब्दीका ती महान व्यक्तित्वहरू हुन् अमेिरकाका लुई  फिशर रिचर्ड राइट, फ्रान्सका आन्द्रे जीद, बेलायतका आथर्र कोयस्लर स्टीफेन स्पेन्डर इटलीका इग्नाजियो सिलोन यिनका लखे ले विश्व कम्युनिस्ट जगतमा एक ठूलो भूकम्प ल्यायो  

यी मध्ये स्पेन्डर, राइट, कोयस्लर सिलोन कम्युनिस्ट पार्टीका सदस्य थिए भने जीद फिशर समर्थक मात्र थिए

संसारै भरि बुद्धिजीवीले मत परिवर्तन गरेका छन् नेपालमा धेरै कांग्रेसहरू कम्युनिस्ट र कम्युिनस्ट कांग्रेस भएका छन्। अरू धरैले पनि पार्टी बदलेका छन्।धेरै पार्टी फुटेका जुटेका छन् नेता कार्यकर्ताको फेरबदल भएको

विश्वेश्वरप्रसाद कोइरालाले भनेका छन्उनी समाजवादीप्रजातन्त्रवादी हुनु भन्दा पहिले टेररिस्ट, अनि कम्युनिस्ट मुभमेन्टमा थिए

यो विश्वव्यापी प्रक्रिया हो भने श्रवण मुकारुङले के अपराध गरे ? यस संदर्भमा नीतिका यी श्लोक पनि मननीय छन्

मूर्खस्य पंच चिह्नानि गर्वो दुर्वचनं तथा

क्रोधस्य दृढवादश्च परवाक्येष्वनादरः ।। 

मूर्खका पाँच लक्षण हुन्छन्अहंकार, दुर्वचन, क्रोध , कुतर्क अर्काको कथनको अनादर

सर्पाणां खलानां परद्रव्यापहारिणाम्

अभिप्राया सिध्यन्ति तेनेदं वर्तते जगत् ।। 

सर्पहरूको, खलहरूको अर्काको धन हरण गर्नेहरूको मनोरथ सिद्ध हुँदैन, त्यसैले यो जगतको अस्तित्व

वृश्चिकस्य विषं पृच्छे मक्षिकाया: मुखे विषम् ।

तक्षकस्य विषं दन्ते सर्वांगे दुर्जनस्य तत् ।। 

बिच्छीको विष पछाडि, झिंगाको विष मुखमा सर्पको विष दाँतमा हुन्छ तर दुर्जनका सारा अंग विषालु हुन्छन्

***

तर यो लेखको निष्कर्षको रूपमा महाकवि भतथहरिको 'नीति शतकको यो श्लोक उद्धृत गर्दछु

एके सत्पुरुषाः परार्थघटका: स्वार्थं परित्यज्य ये  

सामान्यास्तु परार्थमुद्यमभृत: स्वार्थािवरोधेन ये ।।

तऽमी मानुषराक्षसाः परहितं स्वार्थाय निघ्नन्ति ये  

ये तु घ्नन्ति निरर्थकं परहितं ते के जानीमहे ।।

उत्तम मान्छे आफ्‌नो स्वार्थ त्यागेर अर्काको हित गर्छ मध्यम मान्छे आफ्‌नो स्वार्थ नत्यागिकन अर्काको हित गर्छ मान्छेरूपी अधम राक्षस भने आफ्‌नो हितको लागि अर्काको अहित गर्छ तर जो त्यो भन्दा पनि नीच होअकारण अर्काको अहित गर्छ त्यसलाई के भन्ने मलाई थाहा भएन

जुर्यो भने भतृहरिको आत्मालाई निवेदन गर्नेछु 'महाकविज्यू, दिनगन्तिको मान्छे हुँ तर को छैन दिनगन्तिको ? फरक के भने विशेषज्ञले समेत मेरो दिनगन्ती तोकेका छन्। यस अवस्थामा म कसैसँग वैरभाव गर्न चाहन्न। तापनि सकेको बेला देशको दुर्गति बारे लेख्छु तपाईँले भन्नु भएको जो अकारण अर्काको अहित गर्छ त्यस्तो नीचलाई के भन्ने मलाई थाहा भएन

विनम्र निवेदन गर्छुमहाकविज्यू, तेस्तालाई पंचतंत्रमा विष्णुशर्माले मुर्कुट्टा भनेको शुरूमा नै लेखें, यतातिर भने तेस्तालाई खगेन्द्र संग्रौला भन्छन्

[अभिव्यक्ति दुई महिने साहित्यिक पत्रिका]

Taxonomy upgrade extras: 

Comments