Loading

यति चोट लागिसक्यो लाग्ने ठाउँ छैन/ सरुभक्त

यति चोट लागिसक्यो लाग्ने ठाउँ छैन
मुटुभित्र गोला अरु दाग्ने ठाउँ छैन

बाँच्नु पर्ने जिन्दगीमा कति मरिएछ
बिहानी लौ भयो भनी जाग्ने ठाउँ छैन

तनमन सबैतिर द्वन्द चलेको छ
कुनै द्वन्द छोडी अन्त भाग्ने ठाउँ छैन

देवता को राक्षसको चिन्न सकिएन
कसैसित आफ्नो भाग्य माग्ने ठाउँ छैन

Segments: 
Author: 

Comments