Loading

Phanchal

जिन्दगानी फूल जस्तो भए हुन्थ्यो बरू

जिन्दगानी फूल जस्तो भए हुन्थ्यो बरू
फूल जस्तै फक्रिएर गए हुन्थ्यो बरू

बनेर सुवासिनी सुवास छरिदिन्थें
वसन्तको हरियाली पाउ परिदिन्थें

भँवराले चुम्दा अधर आउँथ्यो मजा बेग्लै
स्पर्शमा फूल केस्रा छाउँथ्यो मजा बेग्लै

लोभिंदै प्यासी बनी आउँथे होला कोही
मेरै गीत रमाई गाउँथे होला कोही

मन्दिरमा फूल थुँगा सजाएर कोही
रम्थे होलान् पञ्चेबाजा बजाएर कोहि

पारिजात शिरिष कहीँ बुकी फूल झैँ
फुल्न पाए रम्थें म चरी बुलबुल झैँ

Segments: 

तारापुञ्ज

TaraPunjaकृति: तारापुञ्ज

सर्जकहरू:
जीतेन्द्र श्रेष्ठ 'रसिक', दीपेन्द्र श्रेष्ठ 'उदास', बद्रिबहादुर तामाङ 'सङ्गम' तथा फइन्द्र तामाङ 'अखिल'

विधा: संयुक्त फाँचलसङ्ग्रह

प्रकाशन मिति: २०६५
मुल्य रू : ५०/-
आवरण: अमित घिमिरे
मुद्रक: सेवा अफसेट प्रेस, चौतारा
ISBN: 978-9937-2-1128-4

Segments: 

Comments

Subscribe to Phanchal