साहित्य पुस्तक किताब भूमिका Nepali literature preface
धन्यवाद/ सप्रेम अर्चना
Rating:
यस कृतिलाई पाठकसमक्ष ल्याउन धेरैको मिहिनेत परेको छ। मेरो कृतिका बारेमा केही शब्द लेखिदिने आदरणीय व्यक्तित्वहरु रोचक घिमिरे, मञ्जुल, ललिजन रावल र सुरेश सुवेदीप्रति म ऋणी छु। सुन्दर आवरण र भित्री चित्रहरु सहर्ष प्रदान गर्ने वरिष्ठ सर्जक मनुजबाबु मिश्रप्रति म आभारी छु। मुद्रणमा सहयोग गर्ने दाइ तगेन्द्र मगर र आवरणका लागि मेरो तस्वीर खिचिदिने उमेस बस्नेतलाई धन्यवाद दिन्छु। आवरण संयोजन गरिदिने बाबुराम दाहाल र शुद्धाशुद्धी तथा सेटिङ गरिदिने जनक पौड्यालले लगाएको गुन म बिर्सन सक्दिन। कृति प्रकाशनको जिम्मा लिने तन्नेरी डट कम र संयोजन गरिदिने अनाममण्डलीप्रति म कृतज्ञ छु। मेरा गजलको पहिलो पाठक र मलाई
यात्रामा हिँड्दै गएपछि भगवान् पनि भेटिन्छन्; तीर्थस्थल पनि; भन्छन् मानिसहरु। चितवन, बन्दीपुर र पोखराको साहित्यिक यात्रामा थुप्रै युवा कवि; लेखकहरुसँग जाँदा मलाई यस्तै भयो। अक्षर नै भगवान्, स्रष्टा नै तीर्थस्थल मान्ने मैले साह्रै सुन्दर युवा प्रतिभाहरुसँग भेट गर्ने मौका पाएँ। यही यात्रामा भेटिएकी थिइन्; साह्रै सुन्दर वर्तमान र त्यस्तै सुन्दर भविष्य पनि बोकेकी युवा प्रतिभा; सप्रेम अर्चना।
सङ्घर्ष जिन्दगीको खारिन्छ एकचोटि यो जिन्दगी सुनौलो पारिन्छ एकचोटि
निकै माथिल्लो कोटीको भाव व्यञ्जना अभिव्यक्त भएको यस सेरमा समुन्नत मानव समाजको निर्माणको निम्ति सङ्घर्षको उच्चतम् स्वरुपप्रति विश्वस्तता प्रकट गरिएको छ। सुनौलो जिन्दगी प्राप्तिका लागि युगौँदेखि मानिस र समाजले सङ्घर्ष गर्दै आइरहेको छ, तर अझै पनि सङ्घर्षको खारिएको रुप देखिएको छैन। त्यही नदेखिएको कुरा प्राप्तिका लागि गजलकार सप्रेम अर्चनाको यस सेरले अत्यन्त सुललित किसिमले आह्वान गरेको छ। यसै सेरमार्फत पनि गजलकार अर्चनाको गजलसँगको आँखी–झ्याल खोल्न सकिन्छ भन्ने म ठान्छु।
युवा गजलअनुरागी सप्रेम अर्चना पाठकसमक्ष आएकी छिन् शास्त्रीय तथा लोक छन्दका साथै फारसी बहरमा बाँधिएका गजलहरूको सँगालो 'सपना कहाँ छुन सक्छु र!' लिएर। आफ्नो यस कृतिमार्फत उनले नौलो किर्तिमान पनि बनाएकी छिन्। उनी प्रथम नारी स्रष्टा बन्न पुगेकी छिन् छन्दमा आधारित गजल सङ्ग्रह प्रकाशित गर्ने।
असंख्य नेपाली गजलकारको भीडमा गुणात्मक गजलको आभा छर्दै उदाएकी छन्– सप्रेम अर्चना! शास्त्रीय छन्दमा आधारित यिनका गजल मनोहर छन्, स्तरीय छन्। सन्देशमूलक अनि उद्देश्यपूर्ण छन् त्यसैले स्वादिला र पठनीय छन्। बेथितिको विरोध, मातृभूमिको माया, सुखी समाजको सपना अनि प्रेम र प्रणयका रागात्मक स्वर मुखरित भएका छन् यी गजलमा। लेखनमा साधना र निरन्तरता कायम रहे नेपाली साहित्याकाशमा जगमगाइरहने प्रचुर सम्भावना देखिन्छ अर्चनामा। लेखन यात्रामा सफलता र उज्यालो भविष्य निम्ति यिनलाई हार्दिक शुभकामना!
Bheem Darshan Roka is essentially an emotional poet of a very high order and writes short lyric flights of Nepali poetry, which both thrill and surprise the reader.