Ranga

Chitrakala, Murtikala, vastukala, Rangamanch, Natak, रंग, रङ्ग, चित्रकला, मूर्तिकला, वास्तुकला, रंगमञ्च, रङ्गमञ्च

सात सय वर्ष पुरानो पौभा

No votes yet

700 Years Old Pauva Nepali Ard१३ औं शताब्दीमा नेपाली कलाकार अरनिको ८० जना कालिगड सहित तिब्बत गए । तिब्बत पुगेको दोस्रो वर्षमै उनले त्यहाँ सुवर्ण चैत्य निर्माण सकाए, यसपछि युआन वंशका संस्थापक सम्राट कुब्लाई खानको दरबारमा पुगे । कलाकारिताबाट प्रभावित भएर उनलाई तिब्बतकै साक्या गुम्बाका संघनायक पाहसपाले खानको दरबार लगेका थिए । खानले अरनिकोको कला परीक्षणका लागि बिगि्रराखेको ढलोटको एउटा पुरानो मूर्ति मर्मत गर्न लगाए । अरनिकोको कौशलबाट उनी यसरी प्रभावित भए कि भर्खरै बनाउँदै गरेको नयाँ राजधानी तातु (बेइजिङ) मा उनलाई विशाल श्वेत चैत्य बनाउन आदेश दिए । त्यो समय त्यहाँ चैत्य मात्रै बनेन, नेपाली कलाहस्तीले मूर्तिहरू र पौभाहरू पनि बनाए । पछि त्यही थलोमा अरनिको मूर्तिसमेत ठडयाइयो ।

Segments: 

चित्रमा दैनिकी/ केशवराज खनाल

Your rating: None Average: 1.5 (2 votes)

मानव जन्मदेखि नै हरक्षण हर पल केही नयाँ कुरा देखिरहेको वा अनुभव गरिरहेको हुन्छ । यही अनुभव नै उसको जीवनमा सिकाइको अभ्यास पनि हो । यसै सिकाइको क्रममा कलाकारिता विधालाई समात्न पुगेका युवा कलाकार मदन श्रेष्ठको पहिलो एकल कला प्रदर्शनी काठमाडौँको लाइट एण्ड सेड ग्यालरीमा देख्न पाइयो ।

Segments: 

नटाँगिएको चित्रकला/ रामकृष्ण भण्डारी

No votes yet

कलाकार कुलमानसिंह भण्डारीले जनआन्दोलनका विषयमा रचना गरी बनाएको चित्र (कला) प्रदर्शनीमा किन टाँगिएको थिएन ? अहिले पनि मेरा मनमा नबिर्सने छाप रहेको छ । बुबाका मनमा त यस्ता घटना धेरै सँगालिएका थिए होलान् । मैले अनुमान गरिरहेका छु । बुबाको चित्रलाई क्रान्तिकारी चित्रकला भनेर त्यस प्रदर्शनीमा नटाँगिएको होला । उहाँले अनुमान गर्नुभएको थियो । बुबाले दर्शन र सिद्धान्तका अनेकौँ चित्रकारितामा आफूलाई समर्पण गर्नुभएको थियो ।

पुरस्कारको मापदण्ड/ तीर्थ निरौला

Your rating: None Average: 4.3 (4 votes)

काठमाडौ, अषाढ ४ / नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हालै बृहत् कला प्रदर्शनी तथा प्रतियोगिता आयोजना गर्‍यो । प्रदर्शनीमा सम्पूर्ण जिल्लाका कलाकारका कृति समेटिएका थिए । प्रतिष्ठानका निम्ति यस्तो कार्यक्रम पहिलो भए पनि नेपाली कला समाजका निम्ति यो नौलो थिएन । तथापि यस प्रदर्शनीमा पहिलेभन्दा केही नयाँ थप आकर्षणचाहिं थिए । जस्तो कि, कार्यक्रममा प्रतिस्थापन कला, मिथिला कला, भवन डिजाइन र कलालेखन तथा प्रसारणलाई पुरस्कार वा सम्मान दिने प्रचलनको आरम्भ आदि तर भवन 'डिजाइन' लाई पुरस्कार दिइने थालनी अत्यन्त अमिल्दो र भ्रान्तिपूर्ण छ । भवन डिजाइनलाई गरिनुपर्ने प्रोत्साहन ललितकला प्रज्ञा प्रतिष्ठानको प्रक

Segments: 

नेपाली ललितकलामा समावेशी स्वरूप/ ज्ञानेन्द्र विवश

No votes yet

आज समयले प्रत्येक मानिसलाई आफ्नो हैसियत, अवसर, अधिकार आदिको खोजीमा अग्रसर गराइरहेको देखिन्छ । राज्यले समेत सबैमा त्यो समानताको अवसर प्रदान गर्न नीति-निर्माण तहबाटै कार्ययोजनाहरू प्रारम्भ गरिरहेको छ । एक प्रकारले भेद्भावरहित समाज तथा समानताको भावनासहितको राष्ट्रिय परिकल्पनामा राज्यले अग्रगमनको सोच बनाइरहेको छ । समावेशीकरणको यो आवाज र यो मुद्दाले वर्तमान समयमा विविध जाति, भाषा, धर्म, क्षेत्रका बहुसङ्ख्यक समुदायलाई प्रतिनिधित्व गर्दै आएको छ । यसमा पनि समाजले उपेक्षा गरिरहेका वर्ग तथा समुदायलाई बढीभन्दा बढी समेट्नुपर्ने आवाजहरू पनि मुखरित भइरहेका छन् । त्यसैले यो समावेशीको अभियानमा आज अल्पसङ्ख्

Segments: 

Comments

Recent Comments

About Online Sahitya

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.