रुसी केटीद्वारा बलात्कार चेष्टा/ मदनमणि दीक्षित

‘स्वेता! ‘ भूमध्यसागरका किनारै•किनार अल्जियर्सदेखि एथेन्स अनि कालासागर तटमा अवस्थित बुल्गेरियाको राजधानी सोफिया, तत्कालीन सोभियत संघका रमणीय शहर कन्स्टान्सा, ढडेस्सा हुँदै सुखुमी जहाजघाटमा उत्रिएको ‘ लित्भा ‘ नामक विशाल रूसी पानीजहाजकी परिचारिकाको नाउँ थियो त्यो। २० वर्ष जतिकी ती केटीले एथेन्सपछिको यात्रामा पानीजहाजको तेस्रो तल्लाको मेरो कोठामा आएर राति एक बजे मसित रतिविलास गर्न मौन अनुरोध गरिन् र मैले इन्कार गरेँ।

म थिएँ सोभियत संघको पत्रकार सङ्गठनको निम्तामा यात्रामा सम्मिलित एउटा नेपाली कम्युनिष्ट पत्रकार। त्यतिबेला भर्खरै पानीजहाजको माथिल्लो तलामा भएको रसिलो सामूहिक नाच हेरेर थकित भएपछि तल १७ नम्बरको आफ्नो कोठामा फर्किएको र गन्जी•कट्टुमै विछ्यौनामा पल्टिएर कोठाको सानो गोल झयालबाट समुद्री लहरमा आफ्नै कोठा तलमाथि हल्लिएको हेरिरहेको थिएँ। ती मैयाँ राति मलाई पानी खानुपर्ला भन्ने अनुमान गरेर सुटुक्क मेरो कोठामा पसिन् र भित्तामा राखिएको पानीको जग लगी पानी भरेर त्यही ठाउँमा राखिदिइन्। अनि मेरो सिरानमा बसेर मुसुमुसु हाँस्दै कपाल सुम्सुम्याइदिन र विछ्यौनाभित्र घुस्रने चेष्टा गर्न थालिन्। म तर्सिएँ। एउटा पाहुना भएर मैले यस्तो अनायास यौनाचारमा लाग्नुहुँदैन, कसैले देखिहाल्यो भने र सोभियत राष्ट्रपति निकिता खु्रश्चेभका ज्वाइँ तथा रुसी अखबार इज्भेस्तिया का सम्पादक अद्जूवेइसम्म पुग्यो भने के भन्लान् भन्ने त्रास, त्यसमाथि आफ्नो यौन सदाचारले मलाई झ्स्कायो।

अल्जियर्सदेखि नै मैले जहाजको तल्लो लङमा पानीको धारानजिकैको कोठामा बस्ने ती केटीलाई कोठाभित्र पस्दा•निस्कँदा वा धारामा जाँदा•आउँदा देख्ने गरेको थिएँ। मेरो कोठामा सँगै सुतेका अन्य तीन यात्रु एथेन्समा मलाई छोडेर आ•आफ्ना घरतिर लागेपछि म त्यहाँ एक्लै भएको मौका छोपेर मसित सँगै सुत्न खोजेकी ती परिचारिकालाई मैले ‘ भासा स्त्राना? ‘ (तपाईंको देश?) भनी सोधेँ। उनले हाँस्दै र ब्लाउज फुकाल्दै ‘ म रूसी हुँ ‘ भन्ने जवाफ दिइन् र आफ्ना स्तनलाई मेरो गालासित जोर्न थालिन्। मैले बिछ्यौनाबाट घचेटिदिएर ‘ न्येत! ‘ (हुन्न!) भनेँ। विछ्यौनाबाट ढर्लिएर ती परिचारिका रूसीमा केही बोल्दै र हातले ‘ तँ मोरो उल्लू! ‘ भन्ने सङ्केत गर्दै रिसाएर बाहिर निस्किइन्।

पछि सुखुमीमा हामीले छोडेको त्यो जहाजबाट तल ढर्लिंदा पाएको स्वागतका फूलका झुप्पा लिएर म जहाजको त्यही कोठामा फर्किंदै अङ्ग्रेजीमा ‘ तन्नेरी मैयाँलाई मेरो स्नेहोपहार ‘ लेखेर विछ्यौनामा राखीदिँदै यात्राको अगाडिको गन्तव्य सोभियत जर्जियाको राजधानी त्बिलिसीको रेल चढ्न गएँ। मेरो अल्जियर्सदेखि सोभियत रूससम्मको जहाज यात्राको एउटा अविस्मरणीय घटना थियो त्यो।

सेप्टेम्बर १९६३ को दोस्रो सातातिर काठमाडौँका एक रूसी कूटनीतिक अधिकारीले मलाई आफ्नो कार्यालयमा बोलाइ ‘ सोभियत संघको पत्रकार सङ्गठनले तपाईंलाई विश्व पत्रकार सङ्गठनको २१ सेप्टेम्बरमा अल्जियर्समा शुरु हुने तेस्रो महाधिवेशनमा सहभागी हुन निम्ता दिएको छ, भोलि नै प्रस्थान गर्नुपर्‍यो ‘ भने। काठमाडौँबाट नयाँदिल्ली, रोम अनि पेरिस हुँदै अल्जियर्स पुग्ने प्रबन्ध मिलाइएको रहेछ। अल्जेरियाका राष्ट्रपति वेनवेल्लाले उद्घाटन गर्ने भनिएको ८० देशका २८२ प्रतिनिधि सहभागी महाधिवेशनका त्यसपछिका सत्रहरू रूसका तत्कालीन राष्ट्रपति निकिता ख्रुश्चेभ चढ्ने गरेका ‘ लित्भा ‘ नामक अत्यन्त विलासी जहाजमा गर्दै अक्टोबरको पहिलो साता बेरुतमा पुगेर सम्पन्न गर्ने कार्यक्रम रहेछ। तीमध्ये ८० जना जति पत्रकारहरूलाई त्यसपछि सोभियत संघसम्मको भ्रमणको लागि आमन्त्रण गरिएको रहेछ, जसमा म पनि थिएँ।

त्यस्तो महत्वपूर्ण महाधिवेशन र भ्रमणका निम्ति म उपयुक्त व्यक्ति होइन, बरु समाज का सम्पादक मणिराजलाई निम्ता दिनु वेश हुनेछ भन्ने मेरो जवाफमा ती कूटनीतिक अधिकारीले ‘ मणिराजका लागि नेपाली वा हिन्दी दोभाषेको बन्दोवस्त गर्न सक्तिनँ ‘ भने। मैले अङ्ग्रेजी बोल्न सक्ने अन्य दुई पत्रकारको नाउँ लिएँ, तर त्यो पनि काम लागेन। ‘ सन् १९६० मा नेपाली संसदीय शिष्टमण्डलमा तपाईं जानुभएको बेलादेखि मस्को तपाईंबाट प्रभावित छ, अतः तपाईं नै जानुपर्छ ‘ भन्ने जवाफ आयो।

भोलिपल्ट बिहान काठमाडौँबाट विमान चढ्दादेखि नै मलाई केही ज्वरो आएजस्तो भएको थियो। दिल्लीमा नेपाली दूतावासका प्रथम सचिव गोवर्द्धनविक्रम शाहको निवासमा ह्विस्की खाएर राति ११ बजे विमानघाट पुगेँ। एयर इण्डियामा चढेर रोम पुग्दा ज्वरो निकै बढेर बेहोसजस्तै भएको थिएँ, विमान परिचारिकाले सामान्य उपचार सहायता गरेकीबाट ज्वरो केही ढर्लियो। दुई घण्टापछि पेरिस उडेँ। पेरिसमा एयर फ्रान्सको नयाँ विमानमा मेरो सामान सार्न बिर्सिएछन्, अल्जियर्समा मैले सूटकेश पाइनँ। सूटकेशमा राखेको १०० डलर पनि त्यसैमा रह्यो र दिल्ली विमानघाटमा साटेको भारु ३५ को डलर ५ मात्र मसँग अल्जियर्स पुग्यो।

मैले ४० दिनपछि हङ्गेरीको राजधानी बुडापेस्टमा मात्र आफ्नो सूटकेश सबूत पाएँ। त्यहाँ पत्रकार भेटघाटमा रहँदा सूटकेश आएको खबर पाएपछि पाँच मिनेटको फुर्सद पाऊँ भनी निस्किँदै नयाँ सूट फेरेर आएको र उपहार दिन लगेको दापवाल नेपाली खुकुरी दिँदै भनेको थिएँ, “यस्तै खुकुरीले नेपालीहरूले संसारमा शान्तिको पक्षमा नाउँ कमाएका हुन्।”

काठमाडौँको विमानघाटदेखि नै दाहिने खुट्टाको कान्छी ढँलाले दुखाएको नयाँ जुत्ताले गर्दा अल्जियर्समा पुगेपछि म लँगडोजस्तै भएको थिएँ। जुत्ताको तलुवा फाटेर हिँड्दा प्याट्ट प्याट्ट गर्न थालिसकेको थियो। नयाँ जुत्ता किन्न आफूसित पैसा थिएन। खल्तीको पाँच डलरमध्ये ५० सेण्ट अल्जियर्सको विमानघाटबाट बसमा जहाजघाट पुग्दा खर्च गरिसकेको थिएँ। त्यसबेला म अति चुरोट खाने लतमा भएकोले जहाजको रेस्टुराँमा १० खिल्लीको एक बट्टा चुरोट किन्दा एक डलर गयो। कसैसित माग्ने कुरै भएन। अद्जुवेइले मलाई एक रूसी पत्रकारको जिम्मा लगाइदिएका थिए।

अल्जेरियाका राष्ट्रपति वेनवेल्लाले गरेको उद्घाटनमा मैले आफूलाई सकी•नसकी पुर्‍याउन सकेँ। अल्जियर्ससम्मको विमानयात्रामा खुट्टाको दुखाइ र घरि•घरि आएको ज्वरोले गर्दा उद्घाटन समारोहमा पुग्दा म साह्रै गलित र पीडित थिएँ। राष्ट्रपतिको भाषणमा पनि मेरो ध्यान त्यति गएन। त्यतिले नपुगे झै गरी मेरो हातमा रहेको भारतमा बनेको ‘ फ्लेम ‘ कलम समेत ढंलाहरूबीच त्यसै त्यसै घुम्न थाल्यो, जसले गर्दा डायरीमा राम्रोसित लेख्न समेत नसक्ने हुँदै गएँ। यो नयाँ रोग के हो भन्ने लागेर आत्तिएँ। तैपनि त्यहाँ कुनै पत्रकारसित अर्को कलम मागेर जसोतसो लेख्न थालेँ।

दोस्रो दिन ज्वरो १०० डिग्रीमा ढर्लियो। अल्जियर्समा हामी सुन्तलाको रस बोतलमा भर्ने एउटा कारखाना हेर्न गयौँ। फर्किंदा अलि टाढै रोकिएको बससम्म हिँडेर जाँदा बीचको अङ्गुरको बगैँचामा एउटा छाप्रोको अगाडि ढोकाको कापमा उभिएर हामीलाई हेरिरहेका तीन वटी बालिकालाई देखेँ। तिनको छाप्रोमा पाटनका घरहरूमा झै खुर्सानीका माला झुण्ड्याएको देखेर नेपाली हुन् कि भन्ने लाग्यो र नेपालीमै कुरा गर्न थालेँ, तर तिनले बुझेनन्। पछि मैले अरब दोभाषेसँग सोध्दा तिनीहरू दोस्रो विश्वयुद्धको समयमा ब्रिटिश सेनासँगै गएको एउटा नेपालीले सेनाबाट भागेर अरब नारीसित विवाह गरेपछि जन्मिएका रहेछन् भन्ने थाहा भयो। यसरी त्यो समयमा कैयौँ हजार नेपालीहरू इटाली र अल्जियर्समा बसेका रहेछन्।

बसमा बसेरै हामीले अल्जियर्स शहर हेर्‍यौँ दिनभरि नै। तेस्रो दिन ट्युनिसिया पुग्यौँ। ट्युनिसियाका राष्ट्रपति हवीव बुर्गिवासित हाम्रो पत्रकार दलले भेट गर्‍यो। राष्ट्रपति र परराष्ट्रमन्त्रीका भाषणहरू भए। अल्जेरिया, ट्युनिसिया र त्यसपछि लिवियाका नेताहरूका भाषण अरब दोभाषेका उच्चारणले गर्दा मैले बुझन सकेको थिइनँ। अरबी बोल्नेले कस्तो अशुद्ध अङ्ग्रेजी बोल्दारहेछन् भन्ने पनि अनुभव भयो।

मेरो ज्वरो ढर्लिइसकेर मैले स्वास्थ्यलाभ गरिसकेको थिएँ। अल्जेरियाको सुन्तलाको जुस कारखानाबाट फर्किंदा ती तीन वटी केटीको फोटो खिचेपछि मेरो क्यामेरामा काठमाडौँबाट हिँड्दादेखि नै बाँकी रहेको दुईवटा तस्बिर खिच्न पुग्ने फिल्म सिद्धिइसकेको थियो। अर्को फिल्म किन्न आफ्नो खल्तीमा पैसा नभएकोले मैले क्यामेरा भिरेर मात्रै हिँडे, अधिवेशन र अन्यत्रका तस्बिरहरू खिचिनँ।

त्यो पत्रकार विश्व महाधिवेशनको कार्यक्रम भूमध्यसागरको दक्षिणवर्ती मुलुकहरूका जहाजघाटमा पुगेपछि रोकिन्थ्यो। त्यसका सहभागी हामी ती शहरका ढपचारिक कार्यक्रममा भाग लिन्थ्यौँ, भ्रमण गर्थ्यौं र एकरात त्यहीँ होटलमा बसेर बिहानको जलपानपछि पानीजहाजमै फर्किएर महाधिवेशनको कार्यक्रममा भाग लिन्र्थ्यौं। पानीजहाजकी ती परिचारिका स्वेताले मलाई बेरुतमा सम्मेलन सकिएपछि रूस भ्रमणमा जाने क्रममा त्यस्तो व्यवहार गरेकी थिइन्।

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom