Saprem Archana
कस्तो नशा पिलायौ, आभार व्यक्त गर्छु / सप्रेम अर्चना
कस्तो नशा पिलायौ, आभार व्यक्त गर्छु ।
साँचो खुसी दिलायौ, आभार व्यक्त गर्छु ।
भौँतारिएर तिम्रो खोजी गरेर हिंड्थेँ
आई ममा बिलायौ, आभार व्यक्त गर्छु ।
च्यातेर फालिएको मेरो आशान्त मन यो
सद्भावले सिलायौ, आभार व्यक्त गर्छु ।
साटेर जिन्दगी यो हामी विभोर बन्ने
मौकाहरू मिलायौ, आभार व्यक्त गर्छु ।
जसै परिन्छ प्रेममा, झुकाव बढ्छ सुस्तरी/ सप्रेम अर्चना
जसै परिन्छ प्रेममा, झुकाव बढ्छ सुस्तरी
उनी नजिक पुर्याउने बहाव बढ्छ सुस्तरी
सप्रेम भेट्न आउँदा विभोर बन्छु हर्षले
सदैव भेटघाटको लगाव बढ्छ सुस्तरी
घडा भरेर यादले चिरेर बस्छु शून्यता
र यादमा नआउँदा दबाव बढ्छ सुस्तरी
भुलिन्छ कार्यतालिका रमाइलो हुँदाहुँदै
तमाम कार्यमा उतारचढाव बढ्छ सुस्तरी
गुलाफ बन्छ जिन्दगी उनी मुसुक्क हाँस्दिए
र मौनता छचल्किए तनाव बढ्छ सुस्तरी
यस्तो कठोर यात्रा एक्लै कटाउँदैछु/ सप्रेम अर्चना
धुर्त अनुहारले सज्जनको खोल ओढेको हुन्छ / सप्रेम अर्चना
मनमा करुणा ममता नभए / सप्रेम अर्चना
मलई कसैले सहारा नदेऊ / सप्रेम अर्चना
म जिन्दगीको छु अर्थ सोध्दै तिमी हजारौँ किताब दिन्छौ/ सप्रेम अर्चना
म जिन्दगीको छु अर्थ सोध्दै तिमी हजारौँ किताब दिन्छौ
‘दिएँ कथा यो पढेर बुझ्नु’ भनी अनौठो जबाब दिन्छौ
म प्रीतिगङ्गा तरेर आएँ सुवास आफ्नो छरेर आएँ
पवित्र माया तिमी मनैमा लुकाऊ भन्ने दबाब दिन्छौ
विश्वास राखी हौसला देऊ सङ्घर्ष चुन्छु म/ सप्रेम अर्चना
विश्वास राखी हौसला देऊ सङ्घर्ष चुन्छु म
नझारी देऊ आँगनमा तारा आकासै छुन्छु म
मुलुकभित्र एकता खोज्दै हिँडेको बेलामा
हराएँ भने नखोज्नू कतै तिमीमै हुन्छु म
सङ्घर्ष जिन्दगीको खारिन्छ एकचोटि/ सप्रेम अर्चना
सङ्घर्ष जिन्दगीको खारिन्छ एकचोटि
यो जिन्दगी सुनौलो पारिन्छ एकचोटि
नौलो बहार डाक्ने आशा फुलाउने त्यो
यौटा नयाँ बिरूवा सारिन्छ एकचोटि
माया दिएर कोही चाहन्छ जित्न युद्ध