तिमी मेरो वरिपरि छौ/ राशि पाण्डे

No votes yet

तिमीलाई मैले देखेको छैन
तिमीलाई कहिले भेटेको पनि छैन
तर,
तिमी यतैकतै छौ, मेरो वरिपरि, मेरो चारैतिर ।

म प्रकृतिलाई हेर्छु,
यी हिमाल, पहाड, तराईलाई हेर्छु
चन्द्र, सूर्य र तारालाई हेर्छु
लाग्छ तिमी पनि छौ मेरो दृष्टिमा ।

मैले हावालाई देखेको छैन, तर महसुस त गरेकै हो
समय पनि त देखिँदैन, तर हरपल हाम्रै साथ हुन्छ ।
मैले तिमीलाई देखेको छैन, तर तिमी हरक्षण हामीमाझ हुन्छौ
तिमी नै त हौ, म, हामी, प्रकृति, स्रष्टा, जीवनदाता ।
तिमी आऊ मेरो हात समाऊ
तिमी आऊ मलाई बाटो देखाऊ
प्रकृति झैँ हाँस्न, तिमी झैँ बाँच्न ।

Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.